• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

अमेरिकामा मोर्डनालाई अनुमति, भारतको तयारी तीव्र

  • खवरदाता

अमेरिकामा मोर्डनालाई अनुमति, भारतको तयारी तीव्र

पौष ४, २०७७ ।
चितवन । मेरिकामा नियामक संस्था खाद्य तथा औषधी प्रशासनले मोर्डना इन्कको भ्याक्सिनलाई आपतकालीन अनुमति प्रदान गरेको छ । मोर्डनासंग अमेरिकी सरकारले २० करोड डोज भ्याक्सिनको सम्झौता गरेको छ । ६० लाख डोज भने अहिले नै तयार रहेको जनाइएको छ । ९४ प्रतिशत प्रभावकारी पाइएको मोर्डना भ्याक्सिनलाई मान्यता दिने पक्षमा सबै २० मत परेको थियो । यो भ्याक्सिन माइनस २० डिग्री सेल्सियसमा भण्डार गर्नु पर्ने हुन्छ ।

यसै गरी भारतले ३० करोडलाई भ्याक्सिन लगाउने योजना बनाएको छ । स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र स्वयंसेवक गरी ३ करोड तथा बढी उमेर भएका र कुनै रोगको उपचार गराइरहेका मध्य २७ करोडलाई भ्याक्सिन दिने योजना बनाइएको छ । भारत सरकारले अगस्टसम्म यो काम सक्ने लक्ष्य लिएको छ ।
अक्सफोर्डले भारतमा कोभीसिल्डको नामले भ्याक्सिन उत्पादन गरिएको छ । सो भ्याक्सिनले अनुमतिका लागि आवेदन दिएको छ भने फाइजरले पनि आवेदन दिइसकेको छ । यसै गरी, भारत बायोटकेको बनाएको कोभ्याक्सीनले पनि आवेदन दिएको छ ।

अक्सफोर्डको भ्याक्सिन निर्माण गरिरहेको सिरम इन्सटीच्युटका कार्यकारी प्रमुख अदर पुनावालाले अहिले उनको कम्पनीले मासिक ५ देखि ६ करोड डोज उत्पादन गरे पनि जनवरी या फेब्रुअरी महिनामा यो बढेर १० कोड डोज पुग्ने बताएका छन् ।

उनले सरकारले जुलाईसम्म ३० देखि ४० करोड डोज आवश्यक हुने जनाएकाले यसका लागि प्रयास गरिरहेको बताए । पुनावालाले पहिलो प्राथमिकता भारत र त्यस पछि मात्र अन्य देश रहेको जनाइसकेका छन् ।

कोभीसिल्ड भारतीय सरकारलाई दुई डोजको दुई देखि तीन डलरको बीचमा प्रदान गरिने छ भने निजी क्षेत्रलाई ६ देखि ८ डलरमा वितरण गरिने तयारी गरिएको छ ।

  • प्रकाशित मिति : पुस ४, २०७७, शनिवार ०७:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८