प्रचण्डलाई भेट्न ओली खुमलटार किन जाँदैछन् !

  • खवरदाता
  • पुष ०४, २०७७

पौष–४, २०७७

चितवनं । विगत ९ महिनादेखि विरलैमात्र वालुवाटारबाट निस्कने गरेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली नेकपाकै अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास जाने भएका छन् ।

उनि शनिवार विहान १० वजे प्रचण्ड निवास खुमलटार जाने भएका हुन । विगत लामो समयदेखि नेकपाभित्र चल्दै आएको आन्तरिक द्धन्द उत्कर्षमा पुग्दै गर्दा ओली प्रचण्ड निवास जानुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । आजहुने भेटले नेकपा भित्रको आन्तरिक कलहलाई केहि मथ्थर पार्नसक्ने अनुमान गरिएको छ ।

हिजो शुक्रबार मात्रै दाहाल र ओलीबिच बालुवाटारमा करिब डेढ घण्टा भेटवार्ता भएको थियो । ओली जाने भएपछि खुमलटारको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

  • खवरदाता
  • प्रकाशित मिति:पुष ०४, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८