• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

चितवनका खनाल नेपाल जेसिजको ४७ औं अध्यक्ष

  • खवरदाता

चितवनका खनाल नेपाल जेसिजको ४७ औं अध्यक्ष

खनालले उनका प्रतिद्धन्दी लालमणी भण्डारीलाई ५७८ मतले हराएका हुन ।

पौष–४, २०७७

चितवन । चितवनका अरुणेश्वर खनाल नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन ।

रुपन्देही भलवारीमा सम्पन्न नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट खनाल निर्वाचित भएका हुन । खनालले एक हजार ९० मत ल्याई निर्वाचित हुँदा उनका प्रतिष्पर्धी लालमणी भण्डारीले पाँच सय १२ मत प्राप्त गरे ।
बिसहजार जेसिज चितवनका तर्फबाट दोस्रोपटक अध्यक्षमा उम्मेदवारी दिएका खनालले यसअघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिव लगायतका पदमा काम गरिसकेका छन ।

नव निर्वाचित अध्यक्ष खनाललाई निर्वाचन समितिका संयोजक एवम पूर्व राष्ट्रिय अध्यक्ष तेजशंकर भट्टले र अन्य पदाधिकारीहरुलाई नव निर्वाचित अध्यक्ष खनालले शपथ गराए । अन्य पदाधिकारीहरुमा राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, अरुण कुमार दाहाल, भोजराज चापागाई, शिवप्रसाद भुषाल, अन्य राष्ट्रिय उपाध्यक्षहरु रन्जनी थापा, कल्पना पाण्डे कुसुम, सुनील तिमिल्सेना, विमल झलवाली, विमला सुवेदी, प्रमिला काफ्ले, सुजन बरुवाल, राजन गौतम, पायल शर्मा, दिपेन्द्र निरौला र अनोज जोशी रहेका छन ।

अध्यक्ष खनालले वर्ष २०२१ का लागि नेपाल जेसिजको विद्यान भित्र रहेर कोषको जिम्मोवरी सम्हाल्न व्यास नगर जेसिजका पूर्व अध्यक्ष पविन्द्र भट्टराइलाई नियुक्त गरेका छन । त्यस्तै नेपाल जेसिजको सचिवालयको जिम्मेवारी काभ्रे जेसिजका पूर्व अध्यक्ष विकास मानन्धरलाई र नेपाल जेसिजको विधानको व्याख्या तथा प्रभावकारी गराउन कानुनी सल्लाहकारमा गैडाकोट जेसिजका पूर्व अध्यक्ष गोकुल सापकोटालाई नियुक्त गरिएको छ ।

  • प्रकाशित मिति : पुस ४, २०७७, शनिवार ०३:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८