• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

भुसको आगो हो भलिबलको समस्या, विस्फोट हुन बाँकी

  • खवरदाता

भुसको आगो हो भलिबलको समस्या, विस्फोट हुन बाँकी

खबर मुलुक–समाचार विश्लेषण

चितवनमा कुनै पनि हालतमा आयोजना गर्न नदिनका लागि महासचिव जितेन्द्र चन्दले प्रयास गर्दै जाने क्रममा नेपालले आयोजनाको अवसर नै गुमाएको थियो ।

पौष–४, २०७७

नेपालको राष्ट्रिय खेल भलिबल । तर, यसै खेलमा सबैभन्दा धेरै गुनासो । गुनासोका लामो शृङ्खला छन् । कत्तिसम्म थाइल्यान्डमा प्रशिक्षणमा गएको नेपाली टोलीमा रहेकाको बिचमा धेरै विवाद भयो । यसै विवादको प्रतिफल सो खेलको मुख्य प्रशिक्षक नै परिवर्तन गरिए ।

त्यसो त नेपाली भलिबलमा थुप्रै समस्या छन् । मुख्य प्रशिक्षक परिवर्तनको कुरा त एउटा उदाहरण मात्र हो । बाहिर जति ताम झाम छ , संघ भित्र त्यो भन्दा धेरै मनमुटाब छ । यस बिचमा फेरी एउटा बहस भने उठ्ने गरेको छ । दान बहादुर तामाङको कार्यकाल र मनोरञ्जन रमण शर्माको कार्यकालको हिसाब किताब गर्ने या नगर्ने भन्ने बहस अहिले पनि उठ्ने गरेको छ । यसो हो भने दान बहादुरलाई अर्को पटक अध्यक्ष हुन नदिन कुन समूह लागेको थियो ? यसको कारण के हो ? दान बहादुरकै कार्यकालमा सुतेर रहेको भलिबल खेल एकाएक जुरमुराएको यथार्थका बाबजुद कुन शक्तिका लागि दान बहादुर बाधक थिए ? भन्ने प्रश्न पनि अहिले उठ्न थालेको छ ।

भलिबल निकट एउटा श्रोत भन्छ, एसियन बिच भलिबल चितवनमा कुनै पनि हालतमा आयोजना गर्न नदिनका लागि महासचिव जितेन्द्र चन्दले प्रयास गर्दै जाने क्रममा नेपालले आयोजनाको अवसर नै गुमाएको थियो । एक पटक नेपालले आफ्नै कारणले त्यो अवसर गुमाए पछि अर्को पटक त्यो अवसर जुटाउने तामाङलाई संघमा भित्रन नदिनका लागि चन्दले गरेको प्रयास त सफल भयो । तर, नेपालले एउटा महत्त्वपूर्ण अवसर गुमाएको तामाङ र चन्द कार्यकालका एक सदस्य बताउँछन् । उनकै अनुसार कत्तिसम्म हुने गरेको थियो भने तामाङको हरेक निर्णयमा असहज परिस्थिति बनाउन चन्द लगातार लागी पर्थे ।

यावत कारणले शर्मालाई सेरोमोनीयल बनाउँदै संघमा चन्दको मनोमानी भएको धेरेको ठहर छ । नाम नबताउने सर्तमा एक रेफ्रि भन्छन्,“क्षेत्रीयताको नमुना भलिबलमा यसरी देखियो की एउटै व्यक्ति लगातार राष्ट्रिय टोलीको प्रशिक्षक हुने योग्यता के हो ?”महासचिव जितेन्द्र चन्दसँगको सम्बन्ध र जगदीश भट्टले पाएको लगातारको अवसरलाई इङ्गित गर्दै उनले भने ।

यसरी लामो समय देखि आफ्नो अनुकूल निर्णय गराउँदै आएका चन्दका लागि अर्का शिक्षा व्यापारी रमेश सिलवाल सदस्य सचिव हुँदा परिस्थिति जत्ति अनुकूल मानिएको छ , अन्य परिस्थिति त्यो भन्दा प्रतिकुल रहेको जनाइन्छ । विगतमा उनले गरेका विवाद र आफ्नो व्यक्तिगत फाइदाका लागि गुटबन्दीबाट आजित हुनेहरू बिस्तारै उनको विरुद्धमा आवाज उठाउने मनसायमा रहेको जनाइन्छ ।
थाइल्यान्डमा नेपाली भलिबल टोली प्रशिक्षणका लागि गएको समयमा भएको विवाद, बीजुलीबजार अधिवेशन पछि भलिबलको कङ्ग्रेसमा नेपाली प्रतिनिधित्वको बारे भएको विवाद र पूर्व मध्यमाञ्चलको विद्रोहलाई सम्बोधन गर्ने सवालमा भएका कमजोरीका विषय अहिले पनि आवश्यक विषय हुन् ।

भलिबल राष्ट्रिय खेल भए पनि भूगोलको नाममा थुप्रै विभेद भएको अहिले पनि आवाज उठ्ने गरेको छ । कत्तिसम्म भने नेपालको महिला टोली नहेरेका डच प्रशिक्षकले सो टोलीले साग खेलमा रजत पदक जिते पछि पदक सहित फोटो खिचाएनन्, त्यही फोटो देखाउँदै आफ्नो गलत बायोडाटा अन्तर्राष्ट्रिय क्षेत्रमा देखाउँदा समेत भलिबल नेतृत्व मौन रहेको थियो । अध्यक्ष र महासचिवको यो रवैयाबाट आजित हुनेहरूले उनीहरूकै मिलेमतोमा यो भएको त होइन भन्ने आशङ्का व्यक्त गर्न थालेका छन् । यस्ता थुप्रै विसङ्गतिका कारण बाहिर जत्ति लोकप्रिय देखिए पनि यो खेल संघको समस्या भुसको आगो झैँ सल्किएको छ ।

  • प्रकाशित मिति : पुस ४, २०७७, शनिवार ०२:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८