• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाले बच्चा जन्मायो , केटो र छावाको मृत्यु

  • खबरदाता

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाले बच्चा जन्मायो , केटो र छावाको मृत्यु

पौष ४,२०७७
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट गैंडाको बच्चा(केटो)को मृत्यु भएको छ ।

शुक्रबार नमूना मध्यवर्ती सामुदायिक वनको बिजुली घोल क्षेत्रमा करिब ५ महिनाको गैंडाको बच्चा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । योसँगै चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा मृत्यु हुने एक सिंगे गैंडाको संख्या १८ पुगेको छ ।

त्यस्तै गत मंसिर १६ गते चितवन निकुञ्जको हात्ती तालिम तथा प्रजनन केन्द्रमा जन्मिएको बच्चा (छावा )को पनि मृत्यु भएको छ । उक्त छावाको रोगका कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । के रोगले मरेको हि भनेर पहिचानको लागि नमूना संकलन गरेर भेटेरीनरी शाखामा पठाइएको निकुञ्जले जनाको छ ।उक्त बच्चाको केही दिन अघिमात्रै हिन्दु परम्पराअनुसार न्वारान गरी नामाकरण गरिएको थियो ।

यसैबीच, चितवन राष्ट्रिय निकुञ्जको पदमपुर फाँटमा रहेको अर्ना इन्क्लोजरमा रहेको एउटा अर्नाले बच्चा जन्माएको छ । गत मंसिर ७ गते पनि सोही इन्क्लोजरभित्र एउटा अर्नाले बच्चा जन्माएको थियो । यो नवजात शिशुसँगै हालसम्म चितवन राष्ट्रिय निकुञ्जमा ६ वटा बच्चा इन्क्लोजरमा जन्मिएका छन।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट ३ वटा अर्ना ल्याएर चितवन राष्ट्रिय निकुञ्जमा खुल्ला खोर बनाएर राखिएको थियो । यी मध्ये ६ वटाको बाढी, प्राकृतिक कारण र बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । अहिले निकुञ्जमा पुराना स्थानान्तरित ७ पोथी र २ भाले तथा ३ भाले, १ पोथी र हालै जन्म भएका २ ९लिङ्ग पहिचान नभएका० गरी ६ बच्चाहरुसहित १५ वटा अर्नाहरु उक्त खोरमा रहेका छन।

  • प्रकाशित मिति : पुस ४, २०७७, शनिवार ०१:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८