पौष–२, २०७७
नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले नदीजन्य पदार्थको तस्करमा संलग्न १६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
नम्वर नै नभएका ट्याक्टर समेत चोरीमा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खांणले जानकारी दिए । बुधवार राति विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ विनयी खोला बाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
खाँणका अनुसार नियन्त्रणमा रहेका ट्याक्टरहरुमा ना ७ त ३६२०, ना ७ त २५०२, लु ३ त ७८०, लु ३ त ९१७६, लु ४ त ५३९, लु २ त ९६११,लु ४ त ५८९, लु ४ त ३६६५, लु ३ त ९५७९ र नम्बर नभएको ७ वटा गरि कुल १६ वटा रहेका छन् ।
जिल्लाको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामै नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी सम्बन्धित कार्यालयमा पठाईएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८