पौष–२, २०७७
युरोप र अमेरिकामा कोरोना महामारीको यो लहर अझ खराब देखिँदै गएको छ । गएको २४ घण्टामा संसारमा ७१७५६८ सङ्क्रमित थपिँदा अमेरिकामा २४६४३१ थपिए । अमेरिकामा एकै दिन ३४७२ जनाको मृत्यु भएको छ । यो सहित मृतकको सङ्ख्या ३१४५६३ पुगेको छ ।
ब्राजिलमा पनि एकै दिन ६८४३७ जना नयाँ सङ्क्रमित थपिँदा ९६८ जनाले ज्यान गुमाए । बेलायतमा ६१२, इटालीमा ६८०,जर्मनीमा ७४९,मेक्सिकोमा ८०१ र पोल्यान्डमा ६०५ जनाको ज्यान गएको छ । संसारमा गएको २४ घण्टामा १३४२७ जनाको ज्यान गएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८