• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

बसका यात्रुसँग लागु औषध भेटियो

  • खबरदाता

बसका यात्रुसँग लागु औषध भेटियो

पौष १,२०७७
नवलपुर,। जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० ले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया जिल्ला राजापुर नगरपालिका १ बस्ने वर्ष २६ का सनम कुमरा थारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन वहादुर खाँणका अनुसार बस चेकजाँच गर्दा यात्रुबाट नुर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल, फेनारगन १०० एम्पुल र नाइट्रोभेट ट्याबलेट ५४ ट्यावलेट लागु औषध फेला परेको थियो ।

बुधबार दिउँसो कावासोती १६ चालिस किलो जंगल स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ग १ ख ८९०८ नम्वरको को बस रोकी चेकजाँच गर्ने क्रममा ती व्यक्तिबाट लागुऔषध बरामद भएको थियो ।

उनीविरुद्ध लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको खाँणले बताए।

  • प्रकाशित मिति : पुस १, २०७७, बुधवार १४:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८