• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

बुधवार ५५५५ जनाको नमुना परीक्षण गर्दा ७३६ मा संक्रमण

  • खवरदाता

बुधवार ५५५५ जनाको नमुना परीक्षण गर्दा ७३६ मा संक्रमण

पौष १,   २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ८४७ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ। यो ९५.४ प्रतिशत हुन आउँछ ।

पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ५५५ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

आज चितवनमा १५ र काठमाडौं उपत्यकामा ३९१ जना संक्रमित थपिए । देशमा थप १३ जनाले ज्यान गुमाउँदा कुल संख्या १७४३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ७५७ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ४५२ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा २८९ र भेन्टिलेटरमा ५९ जनाको उपचार भइरहेको छ ।

  • प्रकाशित मिति : पुस १, २०७७, बुधवार १०:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८