• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

भरतपुर कारागारमा लागुऔषध मुद्दाका कैदीको मृत्यु

  • खवरदाता

भरतपुर कारागारमा लागुऔषध मुद्दाका कैदीको मृत्यु

पौष १,  २०७७
भरतपुर । चितवनको भरतपुर कारागारमा एक कैदीको मृत्यु भएको छ । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्कीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।

जिल्ला अदालत नवलपरासीले लागुऔषध मुद्दामा २ बर्ष कैद तोकेका उनको आउँदा साउन महिनामा कैद अवधि सकिदै थियो । लामो समय देखि क्षयरोग र मधुमेहले ग्रसित उनलाई मंसिर २५ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । शुरुमा श्वासप्रश्वासमा समस्या देखिएको भए पनि सिटिस्क्यानबाट उनलाई क्षयरोग पुष्टि भएको थियो ।

थप उपचारका लागि काठमाण्डौ लैजाने कुरामा कारागार प्रशासनले समन्वय गरेपनि उनका परिवार तथा आफन्तले वेवास्ता गरेका थिए । मृतकका आफन्त विहीवार मात्र शव बुझ्न आइपुग्ने काफ्लेले बताए ।

लागुऔषध मुद्दामा वि.सं २०७६ साउन १८ गते दुई वर्ष कैद र रु. १ लाख जरिवाना तोकिएका उनलाई नवलपुर जिल्ला अदालतबाट सजायका लागि यहाँ पठाइएको थियो ।

  • प्रकाशित मिति : पुस १, २०७७, बुधवार १०:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८