• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवन प्रहरीद्धारा ३१ लाख बढिको अवैध औषधी बरामद

  • खवरदाता

चितवन प्रहरीद्धारा ३१ लाख बढिको अवैध औषधी बरामद

पुस १,  २०७७
भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले करिव ३१ लाख मूल्यबरावरको अवैध औषधी बरामद गरेको छ ।
चितवन प्रहरीले उक्त रकम बरावरको अवैध औषधी सहित ८ जनालाई नियन्त्रणमा लिएको हो । मंसिर ३० गते आरोपित सहित बरामद गरिएको औषधीबारे आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङका अनुसार पक्राउ परेकाहरुको साथबाट २१ लाख १० हजार ५३२ रुपैया र माडीको बगई खोला किनारमा लुकाई राखेको अवस्थामा ९ लाख ९५ हजार १ सय मुल्य बराबरको गरी कुल ३१ लाख ५ हजार ६३३ मुल्य बरावरको औषधी बरामद भएको हो ।
पक्राउ पर्नेहरुमा कालिका नगरपालिका ४ बस्ने राजकुमार महतो, कालिका नगरपालिका ३ को हरिशरण चौधरी, माडी नगरपालिका ३ को बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका वडानम्वर ३ बस्ने प्रकाश दाहाल, वडानम्वर ८ का सुरज गौतम, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडानम्वर २३ बस्ने बिपिन सापकोटा रहेका छन् ।

उनीहरुलाई मंगलवार बिहान इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो । भारतबाट ठोरी नाका हुँदै नेपालतर्फ आउदै गरेको ना ४ ख ४४२५ नम्वरको गाडी चेकजाँदा गर्दा डिक्कीमा बोरामा लुकाएर ल्याइएको एन्टीअक्सीडेण्ट, सिलाजित, नेट्रोभित्ता, क्याल्सीयम आदि लेखेको औषधी बरामद भएको हो ।

एसपी गुरुङका अनुसार औषधी व्यवस्था विभागसँग राय सल्लाह अनुसार थप अनुसन्धानको कार्य भइरहेको र नेटवर्कीङ व्यापारमा संलग्नहरुले यसको विक्रि वितरण गर्ने गरिएको प्रारम्भिक चरणमा खुलेको छ ।

  • प्रकाशित मिति : पुस १, २०७७, बुधवार ०६:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८