• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

पिसीआरमा लुट– क्यान्सर र सिएमसीका संचालक २६ लाख धरौटीमा रिहा

  • खवरदाता

पिसीआरमा लुट– क्यान्सर र सिएमसीका संचालक २६ लाख धरौटीमा रिहा

क्यान्सर अस्पतालका डा. देजकुमार गौतम ८ लाख र सिएमसिका संचालक १८ लाख रुपैया धरौटीमा रिहा भएका हुन् ।

पुष–१, २०७७

चितवन । पिसिआर परिक्षणमा चर्को शूल्क असुल्दै आएका चितवनका २ अस्पताल कार्वाहीमा परेका छन् । उनिहरुका संचालकलाई २६ लाख धरौटी लिएर प्रशासनले तारेखमा छोडेको छ ।

नेपाल सरकारले रु.२ हजारमा पीसीआर परीक्षण गर्न भनेपछि नियम अटेर गरी आफूखुशी रकम असुल गरिरहेका क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालय चितवनले कारबाही गरेको हो ।

सरकारको निर्देशन विपरित रकम असुल्दै आएका दुवै अस्पतालका सञ्चालकहरुले बढी शुल्क लिएको स्वीकार गरेका थिए । नेपाल सरकारले पिसिआरको शुल्क घटाई दुई हजारमा परीक्षण गराउन सुचना सहित देशभर निर्देशन दिँईरहँदा चितवनका यी दुई अस्पतालले महँगो शुल्क लिएर कोभिड–१९ को पिसीआर परीक्षण गराइरहेको प्रमाण सहित उजुरी दर्ता भएको थियो । दुवै अस्पताललाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरेर कारवाही शुरू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका सञ्चालकहरूसँग बयान समेत लिएको थियो । प्रशासनले क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमलाई थप अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको आदेशसँगै उनी आठ लाख रुपैयाँ धरौटी राखेर तारेखमा रिहा भएका थिए ।

प्रशासनले दुई साताअघि चितवन मेडिकल कलेजका सञ्चालकहरुसँग पनि बयान लिएको थियो । उक्त अस्पतालका संचालकले पनि १८ लाख धरौटी राखेर तारेखमा रिहा भएका थिए ।
क्यान्सर अस्पतालले १५ दिनको अवधिमा एकै परिवारका विरामी र कुरुवा सहितलाई ३ पटक सम्म पिसिआर परिक्षण गराएको थियो ।

  • प्रकाशित मिति : पुस १, २०७७, बुधवार ०२:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८