पौष–१, २०७७
अमेरिकाले यसै साता दोस्रो कोरोना भाइरसको भ्याक्सिन अनुमोदन गर्ने सम्भावना बढेको छ । अमेरिकी नियामक संस्था खाद्य तथा औषधी प्रशासन(एफडीए)ले मोर्डना इन्कको भ्याक्सिन ९४ प्रतिशत प्रभावकारी भएको अध्ययनमा पाइएको जनाएको छ । सोमबार अमेरिकाले फाइजरको भ्याक्सिन वितरण गर्न सुरु गरेको एक दिन पछि यो प्रतिक्रिया आएको हो । माइनस २० डिग्री सेल्सियसमा राख्न सकिने यो भ्याक्सिनको दोस्रो डोज २८ दिन पछि दिइने छ ।
मोर्डनाको भ्याक्सिनले बिस्तारै अन्य देशमा पनि तत्काल अनुमति पाउने अनुमान गरिएको छ । क्यानडाले अर्डर गरेको ५ करोड ६० लाख डोज मध्य २० लाख मार्च भन्दा अघि पाउने अनुमान गरिएको छ । बेलायतले ७० लाख डोजका लागि पहिले नै अर्डर गरेको छ । युरोपेली युनियनले गत महिना ८ करोड डोजको अर्डर गरेको छ ।
यसै गरी, जापानले ५ करोड,दक्षिण कोरियाले २ करोड तथा स्वीजरल्यान्डले ७५ लाख डोज अर्डर गरेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८