पौष–१, २०७७
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा आफ्नो पराजय स्वीकार गर्न कठिन मानी रहेको समयमा एक उच्च रिपब्लिकन पार्टीका सिनेटरले जो वाइडेनलाई बधाई दिएका छन् । सिनेटका नेता मिच म्याककोनेलले वाइडेनलाई बधाई ज्ञापन गरेका हुन् ।
वाइडेनको जितको ६ महिना पछि पहिलो पटक रिपब्लिकनको तर्फबाट यो बधाई दिइएको हो । म्याककोनेलले ट्रम्प कार्यकाल वैदेशिक नीति, न्यायिक नियुक्ति र केही बोल्ड निर्णयका कारण महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । म्याककोनेलले उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई पनि बधाई ज्ञापन गरेका छन् । म्याककोनेल पछि अन्य रिपब्लिकन सिनेटरले पनि वाइडेनको जितलाई सहजता पूर्वक स्विकार्ने अपेक्षा गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८