मंसिर ३०,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज १ हजार ९९६ जनाले कोरोना जितेका छन। हालसम्म कोरोना जित्नेको संख्या २ लाख ३८ हजार ५६९पुगेको छ। यो ९५।३ प्रतिसत हुन आउँछ।
पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ७ हजार ११७ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ।
आज चितवनमा २५ र काठमाडौं उपत्यकामा ४३८ जना संक्रमित थपिए।
देशमा थप १४ जनाले ज्यान गुमाउँदा कुल संख्या १७३० पुगेको छ।
मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ८८१ जना सक्रमित संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ४५७ छ। हाल देशका विभिन्न अस्पतालका आइसियुमा ३२१ र भेन्टिलेटरमा ४८ जनाको उपचार भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८