• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

अध्यादेश जारीप्रति प्रचण्डको आपत्ति 


अध्यादेश जारीप्रति प्रचण्डको आपत्ति 

मंसिर ३०, २०७७

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेलगत्तै सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन् । उनले अध्यादेश असंवैधानिक भएको भन्दै तत्काल खारेजको माग गरेका छन् ।

स्थायी कमिटी बैठक चलिरहेको बेला प्रधानमन्त्रीले पार्टीमा सल्लाहबिनै अध्यादेश जारी गरेको भन्दै अन्य नेताहरुले पनि आपत्ति जनाएका छन् । त्यसबारे औपचारिक धारणका लागि दाहालसहित सचिवालयका केही नेताहरु परामर्शमा जुटेका छन् ।

अध्यादेश जारीलगत्तै अध्यक्ष दाहालले राष्ट्रपति र प्रधानमन्त्रीको कदम खारेजको माग गरेका हुन् । ‘अध्यादेश जारी असंवैधानिक छ । यो खारेज हुनुपर्छ भन्ने अध्यक्षको भनाइ छ । अहिले हामी परामर्शमा छौं,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले  भने ।

मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मंगलबार बिहान बोलाइएको परिषद्को बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । त्यसलगत्तै आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशको सिफारिस गरेको बताइएको थियो । तर, मन्त्रिपरिषद् बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल नै नभएको एक मन्त्रीले बताए ।

यसअघि वैशाखमा पनि संवैधानिक परिषद् र दल विभाजन सम्बन्धी अध्यादेश आएपछि नेकपाभित्र विवाद भएको थियो । चौतर्फी विरोधपछि सरकारले अध्यादेश फिर्ता लिएको थियो ।कान्तिपुरबाट

  • प्रकाशित मिति : मंसिर ३०, २०७७, मंगलवार १०:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८