• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

सरकार भन्छ : चिनी साहूलाई पक्रन्छौँ

  • खवरदाता

सरकार भन्छ : चिनी साहूलाई पक्रन्छौँ

मंसिर ३०, २०७७
चितवन । किसानको ८९ करोड तिर्नबाँकी रहेका चिनी मालिकहरुलाई सरकारले पक्राउ गर्ने तयारी गरेको छ ।

सात वटा चिनी उद्योगले ९० करोडको हाराहारीमा उखु किसानहरुलाई पैसा तिर्न वाँकी रहेको छ । पैसा नपाएपछि २०७६ सालदेखिनै तराईका उखु किसानहरु आफूले पाउने पैसाको माग गर्दै सडक आन्दोलन गर्दै आएका छन् ।

मध्य मधेश र नवलपरासीका २० हजारभन्दा धेरै किसानहरु अहिले पनि उक्त पैसा पाउनका लागि आन्दोलित रहेका छन् । पछिल्लो समयमा केही किसान अगुवाहरु किसानको प्रतिनिधित्व गर्दै काठमाण्डौको चिसो सडक चहारिरहेका छन् ।

पछिल्लो पटक कार्तिक १७ गते काठमाण्डौ गएका किसानले करिव एक हप्तापछि अर्थात कार्तिक २३ गते आपुर्ति मन्त्री लेखराज भट्टलाई भेटेर पुरानो निर्णय कार्यान्वयनका लागि सम्झाएका थिए । अघिल्लो पटक आन्दोलनका क्रममा आपूर्ति मन्त्री लेखराज भट्टले कुनै पनि हालतमा किसानलाई पैसा मिलान गराइदिने प्रतिवद्धता जनाएका थिए । उनले भनेका थिए ,“यदी कुनै चिनी मिलले पैसा नदीए किसानले मलाई सिधा सम्पर्क गर्नेछन् । र त्यो ठाउँमा म आफै पुग्नेछु । किसान काठमाण्डौ आउनुपर्ने छैन । ”

आपूर्ति मन्त्रीले अघिल्लो पटक गरेका निर्णयलाई लत्याइदिएपछि उखु किसान मर्कामा परेका हुन् । आपूर्ति मन्त्रीले अहिले पनि उखु किसानको मागलाई महत्वपूर्ण रुपमा लिएका छैनन् । किनकी सरकार आफ्नै पार्टी भित्रको आन्तरिक द्वन्द्वमा फसेको छ। उसलाई जनताको सवालमा कुनै सरोकार राख्ने फुर्सद छैन ।

किसानहरु काठमाण्डौमा आन्दोलित भएको केही दिनपछि आज सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गरी कानुनीबमोजिम कारवाही प्रकृया अगाडि बढाउने जनाएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो। बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक एआइजी पनि सहभागी थिए।

तर अघिल्लो निर्णयबाट सास्ती पाएका उखु किसानहरुले अहिलेका सरकारका यी निर्णयहरुलाई पनि पत्याइहालेका भने छैनन् । उनीहरु भन्छन्,“ यो सवै हाम्रो आन्दोलन बन्द गराएर हामीलाई घर फर्काउने अभियान मात्रै हो । ”

  • प्रकाशित मिति : मंसिर ३०, २०७७, मंगलवार १०:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८