• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भरतपुर बहुप्राविधिक शिक्षालयको प्रशासनिक भवनको शिलान्यास


भरतपुर बहुप्राविधिक शिक्षालयको प्रशासनिक भवनको शिलान्यास

मंसिर ३०, २०७७
चितवन । चितवनको भरतपुर २३ जगतपुरमा बहुप्राविधिक शिक्षालयको प्रशासनिक भवन निर्माण हुने भएको छ । आज एक कार्यक्रमकावीच भवनको शिल्यान्यास गरिएको छ ।
बहूप्राविधिक शिक्षालय प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिसद (सिटिईभिटी) अन्र्तगत रहने र १ करोड ३ लाख रुपैँयाको लागतमा भवन निर्माण हुनेछ । भवनको आज भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् ।

भवनको शिलान्यासपछि मेयर दाहालले शिक्षाको क्षेत्रमा महानगरले उल्लेख्य काम गर्न सफल भएको बताउँदै प्राविधिक क्षेत्रको पढाईलाई यसले थप टेवा पुर्याउने बताइन् । भवन निर्माणका महानगरले बजेट अभाव हुन नदिने उनको भनाई थियो ।
निर्माणाधिन शिक्षालय वाग्मती प्रदेश स्तरको रहेको र यसको विस्तृत परियोजना प्रतिवेदन तयारीको अन्तिम चरणमा रहेको भरतपुर बहूप्राबिधिक शिक्षालयका प्रमुख बज्रमोहन पौडेलले जानकारी दिए ।
बहु प्राबिधिक शिक्षालय निर्माणका लागि सरस्वती माध्यमिक विद्यालय जगतपूरले ३ बिघा जग्गा प्रदान गरेको छ । हाल सरस्वती मावि परिसरमै होटल म्यानेजमेन्टका प्राबिधिक बिषयको अध्ययन सूरू भइसकेको छ ।

आगामी बर्षको कार्यक्रममा नर्सिङ र फार्मेसी बिषयको पढाइ हुने उनको भनाई छ । प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा प्रसासनिक भवन बन्नेछ । शिलन्यास कार्यक्रम वडा नम्बर २३ का अध्यक्ष नरिनारायण पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • प्रकाशित मिति : मंसिर ३०, २०७७, मंगलवार १०:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८