• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

गौतमबुद्ध कप क्रिक्रेटको उपाधी राप्तीलाई


गौतमबुद्ध कप क्रिक्रेटको उपाधी राप्तीलाई

मंसिर ३०,२०७७
भरतपुर । गौतमबुद्ध कप क्रिक्रेट २०२० को उपाधी राप्तीले उचालेको छ । आज भएको फाइनलमा नारायणीलाई ९ रनले पराजित गर्न राप्ती सफल भएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन जोडेको थियो । १४४ रनको लक्ष्य पछ्याएको नारायणी ९ विकेट गुमाएर १३४ रनमै समेटिएपछि जित राप्तीको पोल्टामा गएको हो ।
राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रन जोड्न सफल भएका थिए । उनी प्लेयर अफ दी सिरिज समेत घोषित भएका छन् । त्यस्तै क्याप्टेन विनोद भण्डारीले ३३ रन, सुमित महर्जनले २२ रन, अमित श्रेष्ठले १८ रन र शरद भेषवाकरले १० रनको योगदान दिएका थिए । अन्यले एक अंकको रन बाहेक कटाउन सकेनन् ।


त्यस्तै राप्तीका आरिफ शेखले ४८, रित गौतम र इशान पाण्डेले समान २७ रनको योगदान गरेका थिए ।
चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलका दुवै टिम वागमतीलाई हराएर फाइनलमा पुगेका थिए ।

शनिवार भएको पहिलो खेलमा सुपर ओभरमा नारायणीले वागमतीलाई र आइतबार भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले हराएको थियो । वागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता शनिवारदेखि सुरु भएको थियो ।

  • प्रकाशित मिति : मंसिर ३०, २०७७, मंगलवार ०९:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८