• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

दरबारबाट राजा निकाल्ने काँग्रेसलाई महानगरकी महारानी फाल्न महाभारत होइन ः जित नारायण श्रेष्ठ

  • खवरदाता

दरबारबाट राजा निकाल्ने काँग्रेसलाई महानगरकी महारानी फाल्न महाभारत होइन ः जित नारायण श्रेष्ठ

उनले बिगतको स्थानिय चुनाबमा तत्कालिन माओबादीलाई काखी च्यापी महानगर सुम्पिएकोमा सो गल्तीलाई इतिहासले नबिर्सने बताए।

केपि शर्मा  / मंसिर २९, २०७७

भरतपुर । नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले काँग्रेसलाई नजिस्काउन चेतावनी दिएका छन् । सरकारले जिस्काएकै कारण कोरोनाले देशनै संक्रमित भएको बेला ओली सरकारले काँग्रेसलाई सडकमा आउन बाध्य बनाएको श्रेष्ठको भनाई थियो ।

सरकार विरुद्धको चितवन काग्रेसको प्रदर्शन कार्यक्रममा बोल्दै श्रेष्ठले ओली सरकार अकर्मण्य तरिकाले अघि बढेको छ । “हाम्रा बरिष्ठ नेतालाई दमौलीमा यो सरकारको निर्देशनमा दमन गर्ने प्रयास भयो । भोलिपल्टै देशभरबाट हाम्रा कार्यकर्ताले त्यसको प्रतिउत्तर दिए ।”

काग्रेसका कार्याकर्तालाई निषेध गर्दैगर्दा म यो मन्चबाट ओली सरकारलाई चुनौती दिन चाहान्छु । “हामीले चाहने हो भने तिम्रा नेतालाई ७७ जिल्ला प्रवेशमा रोक लगाउन सक्ने हाम्रा कार्यकर्ताको हैसियत छ ।”

ओलीको आफ्नै पार्टीभित्रको बैचारिक द्वन्द्वलाई इन्कित गर्दै उनले भने ,बिरगंजमा आफ्नै पार्टी सचिव मुकेश चौरसियालाई चिर्पटनै चिर्पटले हानेर केपी ओलीकै निर्देशनमै मारीएको हो । त्यस्तै चितवनमै प्रभावशाली मानिएका नेता सुरेन्द्र पान्डेमाथी नभागेको भए हातपातनै हुने थियो त्यो पनि कसको निर्देशनमा भयो भन्ने कुरा स्वयम नेकपाका कार्यकर्ता लगायत सबैलाई जगजाएरनै छ ।

उनले भने,“त्यसैले नेकपाका साथीहरू भ्रम नपाल्दा हुन्छ, तपाईं तपाईंकै नेताबाट सुरक्षित हुनुहुन्न । तपाईं बाटो बिराएर नेकपामा हुनुहुन्छ भने काग्रेसको खुल्ला घरमा आउन म तपाईंहरुलाई आग्रह गर्दछु ।”

केपि ओलीले शुसासनको कुरा गर्दै गर्दा नेपाल भ्रष्टाचारको एक नम्बरमा उक्लिएयो उनको भनाई थियो । उनले भने,“ओली भन्छन म भ्रष्टाचारीको अनुहार हेर्दिन ,हेर्नू पनि किन प¥यो र आफै भ्रष्टाचारी भए पछी ।”

अबको डेढ बर्षपछी हुने स्थानीय चुनाबमा चितवनका ७ ओटै स्थानिय निकायमा काग्रेसले कब्जा गर्ने उनको दावी थियो । भरतपुर महानगर प्रमुखलाई कडा चुनौति दिँदै सभापति श्रेष्ठले भने ,“राजा नमान्ने देशमा राजकुमारीलाई ठाँउ छैन । चितवनमा महारानीलाई जिताउन काग्रेसले इतिहासले माफी नदिने गरि मुल्य चुकाएको छ । सबैलाई हेक्का होला चितवनमा काग्रेसले जे चायो त्यो अबश्य हुन्छ । त्यसैले अवको चुनावमा काग्रेसले कसैलाई बुइ बोक्दैन । चितवन काँग्रेसले कब्जा गर्छ ।”

नेकपा अध्यक्ष ओलीको बारेमा काँग्रेसले बोल्नै नपर्ने र उनको बारेमा प्रचण्डले र प्रचण्डको बारेमा ओलीलेनै सवै पोल खोलिसकेको उनको भनाई थियो ।
बिगतका कमी कमजोरीलाई काग्रेसले जनतासँग माफी माग्ने र जसले गर्दा जनताले फेरि काग्रेसलाई साथ दिने उनको भनाई थियो ।

पछिल्लो समय राजसंस्था माग गर्दै भइरहेको आन्दोलनप्रति इगित गर्दै उनले भने,“गाडी राम्रो नचले ड्राइभर फेर्ने हो, प्लेन राम्रो नचले पाइलट फेर्ने हो । त्यसैले महङ्गो मुल्य चुकाएर ल्याएको गणतन्त्र चलाउन नसक्ने ओलीको बिकल्प खोज्ने हो । ब्यवस्था फेर्ने भन्दै सडकमा कुर्लने होइन ।”

  • प्रकाशित मिति : मंसिर २९, २०७७, सोमवार १५:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८