मंसिर २९,२०७७
चितवन । गृहमन्त्री रामबहादुर थापा बादल काङ्ग्रेसले गर्दैगरेको प्रदर्शन मृगतृष्णा मात्र रहेको बताएका छन।
आज चितवन आइपुगेका थापाले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन। साथै राजावादी लगायत केहीले व्यवस्था तथा संविधान उल्टाउने प्रत्यन्त गरेपनि नेपाली जनताले त्यसो हुनै नदिने र यसरी दिवासपना नदेख्न उनिहरुलाई अनुरोध गरे। उनले भने आउनुस बरु अहिलेको ब्यबस्थालाई कसरी राम्रो बनाउन सकिन्छ त्यता लागौ।
कोभिड १९ को संकटका वेला एकसाथ लड्नुपर्नेमा केही तत्व संविधान उल्टाउने र सरकार विस्थापित गराउने अवसरको रुपमा लागेको भन्दै कुनै पनि हालतमा अहिलेको व्यवस्था परिवतर्न नहुने उनको भनाइ थियो।
जनताले यही परिवर्तन थप परस्कृत भएको हेर्न चाहेको भन्दै फेरि राजासंस्था फर्कन कुराको कल्पना सम्म गर्न नसकिने थापाले बोले।
त्यस्तै सरकारले राजावादी, विपक्षि दल र विप्लवलाई एकै नजरले नहेरको भन्दै तर सवै व्यवस्था परिवर्तनमा लागेको बताउनुभयो । राजावादी गणतन्त्र विस्थापित गर्न लागेको र विप्लवहरु गणतन्त्रलाई स्थापित गर्दै समाजवादी क्रान्ति गर्दै अघि वढ्ने रहेको तर गणतन्त्र विरोधी नरहेको रुपमा सरकारले लिएको थापाको भनाई थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८