• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

भ्याक्सिन बजार : फाइजर पछी सिनोफार्मको प्रभाव

  • खबरदाता

भ्याक्सिन बजार : फाइजर पछी सिनोफार्मको प्रभाव

मंसिर २८,२०७७
चितवन । अमेरिकामा सोमबार देखि कोरोना भाइरसको भ्याक्सिन वितरण हुने भएको छ । फाइजर एनबोयोटेकको भ्याक्सिनलाई आपत्कालीन अनुमति प्रदान गरिए पछि सबै राज्यमा यो भ्याक्सिन लगिएको छ ।

पहिलो सातामा ३० लाख डोज भ्याक्सिन पुग्ने जनाइएको छ । सोमबार १४५ केन्द्रमा भ्याक्सिन वितरण सुरु हुने छ । यसै गरी, मङ्गलवार थप ४२५ तथा बुधवार ६६ केन्द्र थपिने छन् । अरू देशमा झैँ अमेरिकामा पनि स्वास्थ्यकर्मी र बृद्धाश्रममा यो वितरण गरिने छ ।

अमेरिकी नियामक संस्था खाद्य तथा औषधीप्रशासन९एफडीए०ले यो निर्णय महत्त्वपूर्ण भएको र पूर्ण वैज्ञानिक ढङ्गले यो निर्णय गरिएको जनाएको छ। फाइजरले नियमित अनुमतिका लागि भने पछि फेरी प्रस्ताव गर्नुपर्ने छ ।

फाइजर एनबोयोटेकको भ्याक्सिनलाई अनुमति दिइसकेको बहराइनले चीनको भ्याक्सिनलाई पनि अनुमति दिएको छ । पर्सिएन खाडी र साउदी अरेबियाको छेउमा रहेको बहराइनको एक “आइज्ल्यान्ड किङडम ”टापुमा भने चीनको सिनोफार्मको भ्याक्सिन वितरण गरिने भएको छ । त्यहाँ ७७०० ले भ्याक्सिनका लागि इच्छा राखिसकेका छन् ।
केही देशमा आपत्कालीन अनुमति पाएको सिनोफार्मको भ्याक्सिनको १० देशमा तेस्रो चरणको परीक्षण भइरहेको छ । सिनोफार्म माथि पूर्ण विश्वस्त हुँदै मोरक्कोले आफ्ना वयस्क मध्येका ८० प्रतिसतलाई भ्याक्सिन दिने योजना बनाएको छ ।

  • प्रकाशित मिति : मंसिर २८, २०७७, आइतवार १४:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८