• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

नारायणगढ– मुग्लिङ सडकखण्ड : चार पुल बने, पन्ध्र बन्न बाँकी


नारायणगढ– मुग्लिङ सडकखण्ड : चार पुल बने, पन्ध्र बन्न बाँकी

सम्झौता भएको मितिले ३३ महिनामा १५ वटा पक्की पुल निर्माण गरिसक्नुपर्नेछ । तर ६ महिना डिजाइनका लागि र ३ महिना प्रमाणीत हुनका लागि गरि ९ महिना घटाउँदा २४ महिनामा उक्त सख्याका पुल निर्माण सम्पन्न हुनेमा निश्चिन्त हुन सकिदैन ।

केपी शर्मा,    मंसिर २८, २०७७

चितवन । तोकिएको समयभन्दा १४ महिना ढिला गरी करिव ढेड बर्ष अगाडि निर्माण सम्पन्न भएको नारायण मुग्लिन सडकखण्डमा १५ वटा नयाँ पक्की पुलहरु निर्माण हुने भएका छन् ।

ड्राइभर्सनको समस्या हुँदा पुल निर्माणमा ढिलाई भएको हो । नारायणगढ देखि मुग्लिन सम्मको ३८ किलोमिटर सडकखण्डमा १९ वटा पक्की पुलहरु रहेका छन् ।

जसमध्ये ३ वटा पुलहरु निर्माण सम्पन्न भइसकेका छन् भने एउटा चाँडै नै निर्माण सम्पन्न हुने निर्माण ठेकेदार कम्पनीले जनाएको छ । कतिपय पुराना भएर त कतिपय सवारी दुर्घटनाका कारण जीर्ण बनेका पुलहरु रहेका ठाउँमा नै नयाँ पक्की पुल निर्माण हुने मुग्लिन नारायणगढ सडक आयोजनाकी ईन्जिनियर सविना रानाभाटले जानकारी दिइन् ।

उनका अनुसार सवै पुल निर्माणका लागि ठेक्का प्रकृया पुरा भई काम पनि सुरु भइसकेको छ । ईन्जिनियर रानाभाटले भनिन्,“नयाँ निर्माणाधीन १५ पक्की पुलमध्ये ४ वटा यही आर्थिक बर्षमा निर्माण सम्पन्न हुनेछन् ।

जलविरेमा निर्माणाधीन पुलको चाहिँ ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । ” जलविरेमा निर्माण भइरहेको पुल रौताहा जेभि कन्स्ट्रक्सन कम्पनीले करिव १३ करोडको लागतमा बनाइरहेको छ । करिव ८० प्रतिशत काम सकिएको यो पुल चाँडै नै निर्माण सम्पन्न हुने रानाभाटले बताइएकी छिन् । उनका अनुसार बाँकी १५ वटा पक्कि पुलहरु भने दुई चरणमा निर्माण गरिनेछन् । मुग्लिङदेखि रिस्ती खोलापुलसम्मको खण्डलाई प्याकेज १ दिइएको छ जहाँ ७ वटा पक्की पुलहरु बन्नेछन् भने सेती दोभान देखि जुगेडी खहरेसम्मलाई प्याकेज २ दिइएको छ जस सडक खण्डमा ८ वटा पक्की पुलगरी जम्मा १५ वटा निर्माण हुनेछन् ।

अनप कन्स्ट्रक्सनले डेढ अर्ब लागतमा ३३ महिनामा निर्माण सम्पन्न गर्ने गरी १५ वटा पुलको ठेक्का पाएको छ । उक्त समयावधि २०७६ साल चैत्र महिनाबाट सुरु भइसकेको छ भने उक्त निर्माण कम्पनीले २०७९ साल पौष मसान्त भित्रमा १५ वटा पुलहरु निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरिसक्नुपर्नेछ । आयोजना र निर्माणकम्पनीवीच सम्झौता भएको करिव ९ महिना वितिसकेको छ । अव १५ पुल निर्माणको समयावधि २४ महिना मात्रै बाँकी छ । २४ महिनाभित्रमा यतिका सख्यामा पुल निर्माण हुनेकुरामा ढुक्क हुने अवस्था भने छैन ।

तर आयोजनकी इन्जिनियर रानाभाटले भनिन्,“समय खासै वितेको छैन । ठेकेदारले ६ महिना पुलको डिजाईन गर्ने र उक्त डिजाईन ३ महिनाभित्र एप्रुभ हुने नियमानुसार ९ महिना ठिक समय हो । यही अवधिमा पनि २ वटा पुल त निर्माण सुरु नै भइसकेको छन् । ” हालसम्म सेती दोभान पुलमा दुई वटा जग निर्माण भइसकेको र अन्य कामहरु जारी रहेको रानाभाटले जानकारी दिइन् । त्यस्तै जुगेडी खहरेमा पनि दुई तर्फ फाउण्डेशन तयार भइरहेको छ ।

जुगेडी खहरे खोला, सेती दोभान, जुगेडी भोर्ले लगायतका ठाउँमा बन्ने पुल यसै आर्थिक बर्षमा सकिने छ । तुईन खोलामा बन्ने पक्की पुल मात्रै ९ मिटरको चौडाई हुने र यो बाहेक अन्य सवै पुलको चौडाई ११ मिटर हुनेछ । जहाँ साँढे ७ मिटरमा गाडी गुड्नेछ भने दायाँ बायाँ ढेड मिटरको फुटपाथ र बाँकी ५० मिटरको दायाँवायाँ २५/२५ मिटरको रेलिङ रहनेछ । उता मुग्लिङ देखि नागढुँगासम्मको सडक विस्तार र पुलको काम पनि छिट्टै हुने भएको छ ।

माथिल्लो निकायबाट ठेक्का पट्टाको काम हुने र अवको आर्थिक बर्षबाट बाटो निर्माणको काम सुरु हुने पनि इन्जिनियर रानाभाटले जानकारी दिइन् । उक्त क्षेत्रको अहिले सर्भे डिजाइनको काम भइरहेको र ठेक्का पट्टा अर्को चरणमा हुनेछ ।

  • प्रकाशित मिति : मंसिर २८, २०७७, आइतवार ११:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८