• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

खुल्यो मकामना केबलकार

  • संबाददाता

खुल्यो मकामना केबलकार

मंसिर २८, २०७७
चितवन । कोरोना भाइरसका कारण गएको चैत्र ८ गतेबाट बन्द भएको मनकामना केबलकार पुन संचालनमा आएको छ । लामो समयपछि केवलकार संचालनमा आउँदा यात्रुहरुको घुँइचो लागेको छ ।

केवलकार संचालकका अनुसार आज मध्यान्न सम्म २ हजार बढिले केवुलकार चढिसकेका छन् ।
लामो समयसम्म केवुलकार बन्द हुँदा विशेष कामले गोरखा र चितवन गर्ने स्थानीयलाई निकै कठिनाई भएको थियो । केवुलकार संचालनमा आएसँगै स्थानीयहरु खुशी देखिएका थिए ।

सहजरुपमा केबलकार संचालन हुँदा दैनिक ३५ सय देखि ४ हजार सम्म यात्रुहरुले केबलकार चढ्ने गरेको थिए ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर संचालनमा ल्याइएको केबलकारमा यात्रुहरुलाई सजगता अपनाएर यात्रा गर्न कम्पनीले अनुरोध गरेको छ । यस पटक देखिनै कम्पनीले नगदरहित कारोबारका लागि इसेवा, फोन पे र खल्तीसँग सम्झौंता गरेर सोही माध्यमबाट टिकट काट्न मिल्ने व्यवस्था गरेको थियो ।

कम्पनीले कुरिनटार स्टेसन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्डसमेत तयार गरेको छ । यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, सेनिटाइजेसनको व्यवस्था गरिएको छ ।

  • प्रकाशित मिति : मंसिर २८, २०७७, आइतवार ०८:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८