• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

बाग्मती आजको खेल जित्नैपर्ने दबाबमा

  • खवरदाता

बाग्मती आजको खेल जित्नैपर्ने दबाबमा

मंसिर–२८, २०७७

भरतपुर । कोभिड १९ र लकडाउनले ठप्प प्राय रहेका खेलकुद गतिविधि विस्तारै संचालन हुन थालेका छन् ।

देशकै गौरव गौतमबुद्ध अन्तराष्ट्रि क्रिक्रेट रंगशालाभित्र रहेको नमुना क्रिक्रेट मैदानमा शनिवार देखि गौतमवुद्ध कप भइरहेको छ । उक्त कपमा आज दोस्रो खेल हुँदैछ । आज बाग्मती र राप्तीबीच प्रतिस्पर्धा हुँदैछ ।

बाग्मती प्रदेश क्रिकेट संघको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा सुरु भएको गौतमबुद्ध कपको शनिवारको खेलमा बाग्मती नारायणीबाट पराजित भएको थियो । राप्तीका लागि आजको खेल पहिलो हो भने बागमतीको दोस्रो खेल भएकाले जित्नै पर्ने दबाबमा रहेको छ ।

राप्ती बिनोद भण्डारीको कप्तानीमा र ज्ञानेन्द्र मल्लको नेतृत्वमा बागमती मैदान उत्रदै छ । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा तीन टिम सहभागी छन् । शीर्ष दुई स्थानको टिमले मंसिर ३० गते फाईनल खेल खेल्नेछन् ।

धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा जनस्तरबाट गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण जारी छ । प्रतियोगितामा वाग्मती, नारायणी र राप्ती गरी तीन टिमको सहभागिता रहेको छ ।

  • प्रकाशित मिति : मंसिर २८, २०७७, आइतवार ०२:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८