• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

वडाध्यक्ष सहित ९ जुवाडे कावासोतीबाट पक्राउ

  • खबरदाता

वडाध्यक्ष सहित ९ जुवाडे कावासोतीबाट पक्राउ

मंसिर २७, २०७७
नवलपुर । नवलपुर जिल्लाको कावासोतीबाट ९ जना जुवाडे पक्राउ परेका छन् ।
प्रहरीले सनिवार दिउसो कावासोती नगरपालिका वडा नं ३ स्थित सदरमुकाम मार्ग नजिक रहेको गम बहादुर सिंजालीको घरमा जुवा  तास खेली रहेको अवस्थामा ९ जना पक्राउ परेका हुन ।

प्रहरीले खालवाट रु १,६८,९१०।– एकलाख अठ्सठ्ठीहजार नौ सय दश० नगद सहित तास बरामद गरीएको जनाएको छ । पक्राउ परेकालाई जुवा मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले जानकारी दिए ।

पक्राउ पर्नेहरमा बौदीकाली १ का वडाध्यक्ष डोलनाथ कंडेल, कावासोती २ का राम्जी के।सी।,चुडामणी कंडेल, कावासोती ८ का श्रीधर शर्मा, कावासोती ३ का बल बहादुर गुरुङ ,दुर्गा गिरी , कावासोती १६ का गम बहादुर सिंजाली, कावासोती ४ का रुम बहादुर सिंजाली र कावासोती ३ का किरण के।सी रहेका छन् ।

  • प्रकाशित मिति : मंसिर २७, २०७७, शनिवार १५:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८