• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

शनिवार थपिए ८९९ जना कोरोना संक्रमित

  • खवरदाता

शनिवार थपिए ८९९ जना कोरोना संक्रमित

मंसिर–२७, २०७७

पछिल्लोे २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । विगत २४ घण्टामा १३५९ जना निको भएका छन् भने निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबारसम्म देशभर सक्रिय संक्रमित ११ हजार ६७३ जना रहेका छन् । आज चितवनमा १३ कोरोना संक्रमित थपिए ।

आज १५ जना संक्रमितको मृत्यु हुँदा मृतकको कुल संख्या १६८९ पुगेको छ ।
चौविस घण्टामा देशभर ५ हजार २४२ जनाको पिसिआर परिक्षण भएको छ ।

  • प्रकाशित मिति : मंसिर २७, २०७७, शनिवार १२:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८