शुक्रवार थपिए १०४४ जना कोरोना संक्रमित

  • मङि्सर २६, २०७७

मंसिर–२६, २०७७

पछिल्लोे २४ घण्टामा देशभर थप १०४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । विगत २४ घण्टामा १२७१ जना निको भएका छन् भने निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ । योसंगै निको हुने दर ९४.४ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभर सक्रिय संक्रमित १२ हजार १४८ जना रहेका छन् । आज चितवनमा १९ र काठमाडौं उपत्यकामा ५३१ जना संक्रमित थपिए ।

आज ११ जना संक्रमितको मृत्यु हुँदा मृतकको कुल संख्या १६७४ पुगेको छ ।
चौविस घण्टामा देशभर ७ हजार ४१४ जनाको पिसिआर परिक्षण भएको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८