• असोज २२, २०८१, मंगलवार Tuesday, 08 October, 2024

काँग्रेसको मंसिर २९ गते हुने प्रदर्शनमा कुन नेता कहाँ जाँदैछन् ?


काँग्रेसको मंसिर २९ गते हुने प्रदर्शनमा कुन नेता कहाँ जाँदैछन् ?

मंसिर २६, २०७७ ।
सरकारविरुद्ध यही मंसिर २९ गते देशभर प्रदर्शन गर्ने जनाएको काँग्रेसले मातहतका केन्द्रीय नेताहरुलाई जिल्लामा पठाउने निर्णय गरेको हो । बिहीवार गरिएको उक्त निर्णयसँगै विरोध प्रदर्शनमा सहभागी हुन नेपाली काँग्रेसका नेता शेर बहादुर देउवा मकवानपुर जाने भएका छन् भने अर्का नेता गगन थापा लाई कैलाली तय गरिएको काँग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुनेछन्।
मुख्यसचिव पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिए।केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम छ।

गत फागुनदेखि सार्वजनिक कार्यक्रम नगर्न मातहत निकायलाई निर्देशन दिएको कांग्रेसले कोरोना महामारीबीच प्रदर्शनको बाटो रोजेको छ।

गत मंसिर १७ गते दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घघाटन गर्न पुगेका काँग्रेस नेता रामचन्द्र पौडेललाई नेकपाका कार्यकर्ता र प्रशासनले अवरोध पुर्याएपछि काँग्रेस ब्युँझिएको हो ।
कोरोना महामारीका वीच प्रदर्शनको बाटो रोजेको काँग्रेसले मंसिर २९ गते देशका ७७ वटै जिल्लामा सरकारविरुद्ध भव्य प्रदर्शन गर्ने भएको छ ।

पछिल्लो समय राजावादीहरूले देशका विभिन्न सहरमा प्रदर्शन गरेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमा नै खतरा हुन सक्ने भन्दै कांग्रेसले बेलैमा सचेत हुनुपर्ने बताउँदै आएको छ ।

मंसिर २९ मा हुने देशैभरको प्रदर्शनमा केन्द्रीय कार्यालयबाटै प्रतिनिधि खटाइएको र शीर्ष नेताहरूले देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधनका लागि जान लागेका हुन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार उक्त दिनको प्रदर्शनका लागि केन्द्रबाटै दश वटा नारा तय गरि परिपत्र गरिएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन भनेको कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भने सर्वसत्तावादीको आरोप लगाएको छ।

  • प्रकाशित मिति : मंसिर २६, २०७७, शुक्रवार ०८:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८