• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

थप अपटेड : जलविरे दुर्घटना – १० जनाको उपचार हुँदै, ३ गम्भीर


थप अपटेड : जलविरे दुर्घटना – १० जनाको उपचार हुँदै, ३ गम्भीर

मंसिर २६,२०७७
भरतपुर । चितवनको ईच्छाकामना गाउँपालिकामा भएको सवारी दुर्घटनामा घाइते भएका १० जनाको भरतपुरका दुई अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा घाइतेहुनेहरु मध्ये ईच्छाकामना ६ बस्ने चन्द्र माया चेपाङ, तुलिमाया गुरुङ र सिता गुरुङको गम्भीर अवस्थामा भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सोही मेडिकल कलेजमा कबिता चेपाङ, तिलक बहादुर गुरुङ, सुकमती चेपाङ र बालकृण्ण भट्राराईको मध्यम र सामान्य अवस्थामा उपचार भइरहेको छ ।

त्यस्तै पुरानो मेडिकल कलेज भरतपुरमा दिया क्षेत्री,सन्तमाया भुजेल ,ज्योती घर्ती, मिनमाया गुरुङ र पुतली माया गुरुङको पनि उपचार भइरहेको छ ।

आज विहान भएको उक्त दुर्घटनामा बलेरो जीपका चालक निर्मल गुरुङ र जीपमा सवार खिमा गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त दुर्घटना आज विहान करिव ९ बजेर ५५ मिनेटमा भएको थियो ।मुख्य राजमार्गबाट करिब ५ सय मिटर भित्र लामो झरना जाने बाटोमा उक्त दुर्घटना भएको हो । चण्डिभञ्जाङबाट राजमार्ग तर्फ आईरहेको ना ४ च ५०५० नम्वरको बलेरो जीप साँघुरो र घुम्ती सडकमा आँफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन जाँदा विद्युत सर्ट दुर्घटना भएको हो ।

  • प्रकाशित मिति : मंसिर २६, २०७७, शुक्रवार ०७:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८