• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

जलविरेमा भएको दुर्घटनामा २ जनाको मृत्यु (नाम सहित)

  • संबाददाता

जलविरेमा भएको दुर्घटनामा २ जनाको मृत्यु (नाम सहित)

मसिर २६,२०७७
मुग्लिन । चितवनको ईच्छाकामना गाउँपालिकामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना ६ स्थित जलबिरेको भित्रि सडक खण्डमा सो दुर्घटना भएको हो । उक्त दुर्घटना आज विहान करिव ९ बजेर ५५ मिनेटमा भएको थियो ।

मुख्य राजमार्गबाट करिब ५ सय मिटर भित्र लामो झरना जाने बाटोमा उक्त दुर्घटना हुँदा जीप चालक निर्मल गुरुङ र जीपमा सवार खिमा गुरुङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक सुर्य बहादुर रानाले खवरमुलुकलाई बताए ।

चण्डिभञ्जाङबाट राजमार्ग तर्फ आईरहेको ना ४ च ५०५० नम्वरको बलेरो जीप साँघुरो र घुम्ती सडकमा आँफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन जाँदा विद्युत सर्ट दुर्घटना भएको हो ।

चालक सहित उक्त बलेरो जीपमा करिव २० जना सवार रहेको रानाले बताए । अन्य घाइतेको भरतपुर स्थित चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य विस्तृत विवरण आउन बाँकी छ ।

  • प्रकाशित मिति : मंसिर २६, २०७७, शुक्रवार ०५:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८