मंसिर २५,२०७७
गैंडाकोट । स्वर्गीय उपेन्द्र धितालका परिवारले आफ्ना बुवाको बार्षिक पुण्य तिथीका अवसरमा स्थानीय अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन।
धिताल परिवारले गैंडाकोट नगरपालिका वडा नम्वर ११ मा रहेको नगर अस्पतालको इमर्जेन्सी कक्षका लागि बेड सहित स्वास्थ्य सामाग्री सहयोग गरेका हुन।
स्वर्गीय धितालकी जीवन संगिनी विष्णु कुमारी धितालको हातबाट छोराहरु राममणी ,भरतमणी ,शंकरमणि ,दिपकमणि ,र अर्बिन्द धितालको उपस्थितीमा ४ वडा बेड सहित स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेका हुन।
त्यस्तै रामचन्द्र धिताल र पार्बती धितालले पनि अस्पतालको इमर्जेन्सी कक्षलाइ इसिजि बेड, स्ट्रेचर, बेडसाइड लकर हस्तान्तरण गरेका हुन । छोराहरु अन्जन , लुकुश र लुलभ धितालको उपस्थितीमा उक्त सामाग्रीहरु सहयोग गरेको र अस्पताल जतिको पुन्य ठाउँमा सहयोग गर्न पाउँदा आफूहरुलाई शान्ति र खुशी मिलेको धिताल परिवारका सदस्यहरुले बताए ।
अस्पतालमा निर्माण भएको इमरेजेन्सी कक्षका लागि अति आवश्यक वेड सहयोग गरेकोमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम गैँडाकोट ११ का वडाअध्यक्ष गोविन्द सुवेदीले धन्यवाद दिँदै यो सहयोगले विरामीहरुले सहज सेवाका लागि ठूलो भूमिका खेल्ने बताए।
सुबेदीले सहयोगी मनहरुको साथबाट अस्पतालले अझ छिटो फड्को मार्ने भन्दै सवैको सहयोगले चाँडै अस्पतालको सेवा प्रदान गरिने बताए ।
त्यस्तै गत मसिर २३ गते खिमान्द न्यौपानेको १३ औ दिनको पुन्य तिथिमा न्यौपाने परिवारबाट पनि सो आकस्मीक कक्षका लागि हुइल चियर,एउटा बेड, बेडसाइड लकर लगाएत अन्य स्वास्थ सामाग्री सहयोग प्राप्त भएको थियो ।
सम्पुर्ण सहयोगि दाताहरुलाई बिहिवार अस्पतालले सम्मान समेत गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले सहयोगी दाताहरुलाई धन्यवाद दिँदै अस्पताललाई प्राप्त सहयोगले नगरवासीले सहज सेवा पाउने बताए ।
ठूला बजेटमा मठमन्दिर निर्माण भन्दा आफूले अस्पताल निर्माण र विकासमा जोड दिएको बताउँदै यदि पहिलेनै सुविधा सम्पन्न अस्पताल भएको भए कोरोनाको वेला क्वारेनटाइन बनाउन विद्यालय खोज्दै हिँड्नुपर्ने अवस्था समेत आउने थिएन पौडेलले भने । जनप्रतिनिधिहरुको अथक प्रयासपछि अस्पतालले गति लिएको भन्दै मनकारी सहयोग र समुदायको साथले नै नगरअस्पताल बन्न सफल भएको उनको भनाई थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८