मंसिर २५,२०७७
भरतपुर । नेपाली काङ्ग्रेस यहीँ मंसिर २९ गते देशका ७७ वोटै जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ । उसले उक्त प्रदर्शनको रणनीति तय गर्न आज पदाधिकारी बैठक राखेको थियो।
देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रीय सदस्यहरूलाई कसरि परिचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।
उक्त बैठकले प्रदर्शन ससक्त पार्न प्रत्येक जिल्लामा केन्द्रिय नेता खटाउने निर्णय गरेको छ । कुन नेतालाई कुन जिल्ला पायक पर्छ सो अनुसार परिचालित हुने समेत बैठकले निर्णय गरेको छ ।
भ्रष्टाचार बढेकोलगायत विषयमा सरकारविरूद्ध कांग्रेसले देशैभर प्रदर्शन गर्न लागेको हो।
शिक्षकका हत्यारालाई कडा कारबाहि माग।
प्रमुख विपक्षी नेपाली कांग्रेसले विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गरेको छ ।
कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ ।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘व्यक्ति हत्या २०२७ र ०२८ सालमा एउटा कम्युनिस्ट पार्टीले गरेको होस् वा ०५७ र ०५८ तिर अर्को कम्युनिस्ट पार्टीले गरेको होस् वा अहिले अर्को कम्युनिस्ट पार्टीले गर्ने प्रयास गरेको छ ।
व्यक्ति हत्याको राजनीति हिजो पनि गलत छ, आज पनि गलत छ । घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८