• चैत १२, २०७९, आइतवार Sunday, 26 March, 2023
centreal college

चितवन राष्ट्रिय निकुञ्जभित्र अवैध गतिविधिमा संलग्न २४९ जना पक्राउ

  • खवरदाता

चितवन राष्ट्रिय निकुञ्जभित्र अवैध गतिविधिमा संलग्न २४९ जना पक्राउ

मंसिर–२४, २०७७

चितवन । चितवन राष्ट्रिय निकुञ्जले कानुन विपरितका कार्य गरेको भन्दै हालसम्म २४९ जनालाई पक्राउ गरेको छ ।

चालु आर्थिक वर्ष २०७७÷०७८ को ५ महिनाको अवधिमा यति धेरै व्यक्तिहरु पक्राउ पर्नुमा अवैध गतिविधि बढ्दै गएको देखाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार कानुन भन्दा बाहिर काम गरेकालाइ मात्रै पक्राउ गरिने बताउँदै कानुन अनुसार कार्य गर्नेलाई कहिल्यै दुख नदिएको प्रष्ट पारे ।

निकुञ्जले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको सुरु महिना साउनमा नै १७ जना पक्राउ गरेको छ । भदौमा १०२ जना, असोजमा २१ जना, कर्तिकमा ५४ जना र मंसिरमा ५५ जना पक्राउ गरेको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा माछा मार्नेहरु धेरै छन् । हालसम्म १२३ जना पक्राउ गरेको निकुञ्जले जनाएको छ । त्यसपछि घास दाउरा चोर्नेहरु ६३ जना , बालुवा गिट्टी चोर्नेहरु २५ जना , काठ चोरी गर्ने १३ जना ,अन्य वन्यजन्तु तस्करी गर्ने २३ जना , गैँडा चोरी शिकारी गर्ने १ जना र विदेशी नागरिक १ जना पक्राउ परेका हुन् ।

दल गण प्रमुख अरुण श्रेष्ठले जनतालाई निकुञ्जले दुख दिएको पक्राउ गरेको भन्ने गुनासो बढेको प्रश्नमा ऐन कानुन भित्र रहेर निकुञ्जलाई संरक्षण गर्नेहरु कोही पनि पक्राउ नपरेको भन्दै कानुन भन्दा बाहिर काम गर्नेलाई छुट नहुने प्रष्ट पारे ।

  • प्रकाशित मिति : मंसिर २४, २०७७, बुधवार १४:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८