मंसिर २३,२०७७
भरतपुर । चितवनमै पहिलो पटक मुटुको जटिल शल्यक्रिया गरिएको छ ।
तनहुँ जिल्ला घिरिङ गाउपालिका वडा नं। २ घर भई हाल भरतपुर महानगरपालिका वडा नं। १२ बस्ने ७ वर्षिय खुसी थापाको चितवन मेडिकल कलेजमा सफल सल्याक्रिया गरिएको हो ।
मुटुमा पेजमेकर राखी शल्यक्रिया गरिएको र यो चितवनमै पहिलो भएको कलेजको दावी छ ।
सास फेर्न गाह्रो हुने वेला वेलामा ढल्ने, समान्यतया अरु बच्चाहरु भन्दा फरक भएकोले बच्चालाई १७ महिनाको हुँदा काठमाण्डौको शहिद गंगालाल अस्पतलामा चेक जाँच गर्ने क्रममा जन्म जात मुटु सम्बन्धी रोग भएको पुष्टि भएको थियो ।
सामान्यतया मानिसको धड्कन ६० भन्दा माथि हुनु पर्नेमा सो बच्चामा धड्कन ३० देखि ३२ मात्र थियो । यस कारण बच्चालाई जिवन जिउन निकै गाह्रो भएकोले चितवन मेडिकल कलेजमा उपचारको लागि मंसिर २० गते भर्ना गरिएको थियो । मंसिर २२ गते शल्यक्रिया गरिएको र प्राय उमेर पुगेका मानिसहरुमा रोग पत्ता लागेपछि गरिने यो शल्यक्रिया बच्चाहरुमा बढी जटिल र जोखिम हुने कलेजले जनाएको छ ।
यसरी शल्यक्रिया गरी पेशमेकर राखेर उपचार गर्दा सामान्य मुटुको धड्कन ६० सम्म चल्ने र यसले १० वर्ष सम्म काम गर्ने गर्छ । काम गर्न छोडेपछि चिकित्सको सल्लाह बमोजिम पुन शल्यक्रिया गरि सो पेशमेकर परिबर्तन गरिन्छ ।
शल्यक्रिया प्रा. डा. श्याम राज रेग्मीको नेतृत्वमा डा. सुधिर रेग्मी, डा. विष्णुमणि धिताल, सर्जन डा. सुरज भट्टराई, रेडियोलोजि डा. विज्ञान पौडेल, एनेस्थेसियोलोजी डा. भारती शर्मा रेग्मी र क्याथ ल्याब प्रमुख अमृत काफ्ले को संग्लनमा गरिएको थियो । हाल बच्चाको स्वास्थ्य सुधारउन्मुख रहेको समेत अस्पताल जनाएको छ ।
दैनिक १५ सय बढी विरामी आउने उक्त अस्पतालमा प्रत्येक दिन ३० भन्दा बढि शल्यक्रिया हुने गर्दछन् । यस अस्पतालमा हाल सम्म ५००० भन्दा बढीको मुटुको शल्यक्रियाहरु सहित सफल उपचार गरिसकेको अस्पतालको दाबी छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८