• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

बेलायतामा कोरोना विरुद्ध भ्याक्सिन वितरण शुरु

  • खबरदाता

बेलायतामा कोरोना विरुद्ध भ्याक्सिन वितरण शुरु

मंसिर २३,२०७७

चितवन । बेलायतमा भ्याक्सिन वितरण कार्य सुरु भए पछि मङ्गलवारको दिनलाई चालु कोरोना महामारी विरुद्धको लडाइँको कोशेढुंगा ठानिएको छ ।

९० वर्षीय मार्गरेट केननले मङ्गलवार भ्याक्सिनको आवश्यक दुई मध्येको पहिलो डोज प्राप्त गरिन् । अर्को साता ९१ वर्ष पुरा हुने मार्गरेट सरकारको पहिलो प्राथमिकतामा परेकी हुन् ।

बेलायतले गत साता फाइजर एन बायोटेकको भ्याक्सिनलाई आपत्कालीन अनुमति प्रदान गर्दै मङ्गलवारबाट भ्याक्सिन वितरण कार्य सुरु गरिएको हो । यो भ्याक्सिनलाई बहराइनले अनुमति दिई सकेको छ भने भारतमा आवेदन दिइएको छ ।

८१ वर्षीय विलियम सेक्सपियर भ्याक्सिन पाउने दोस्रो बेलायती बनेका छन् । बेलायतले बृद्धहरुको साथै स्वास्थ्यकर्मीलाई भ्याक्सिनको पहिलो प्राथमिकतामा राखेको छ । यो कार्यक्रममा संलग्न चिकित्सकले धेरै समयका अँध्यारा दिनहरू पछि सकारात्मक सङ्केत देखिन थालेको बताएका छन् ।

बेलायतले फाइजरको ४ करोड डोज अर्डर गरे पनि पहिलो चरणमा ८ लाख डोज मात्र पाएको छ । बेलायतले मोर्डना इन्कको भ्याक्सिन पनि ७० लाख डोज अर्डर गरिसकेको छ । यो भ्याक्सिनले अर्को साता अनुमति पाउने अपेक्षा गरिएको छ । भ्याक्सिन वितरणकै लागि इंग्ल्यान्डमा ५० अस्पताललाई तयार पारिएका छन् भने स्कटल्यान्ड र वेल्समा पनि यस्ता दर्जन भन्दा बढी केन्द्र रहेका छन् ।

पहिलो डोज लिएका सबैले तिन देखि चार साताको बिचमा अर्को डोज पाउने छन् । यसको सात देखि १० दिनमा पूर्ण इम्युनिटी तयार हुनेछ । स्वास्थ्यकर्मीका साथै वृद्धाश्रममा काम गर्नेलाई पनि भ्याक्सिन वितरण गरिने छ ।
यो भ्याक्सिन गरिब देशका लागि भने कठिन मानिएको छ । यो भ्याक्सिन माइनस ७० डिग्री सेल्सियसमा भन्डार गर्नु पर्ने हुन्छ । फाइजर एन्ड बायोटेकको यो भ्याक्सिन ९५ प्रतिशत भन्दा बढी प्रभावकारी मानिएको छ । प्रत्येक १० मध्य एक भन्दा बढीको हकमा साइड इफेक्ट पनि देखिने छ ।
अमेरिकाको हकमा आगामी बिहीबार बस्ने नियामक संस्था खाद्य तथा औषधी प्रशासनले यसलाई आपत्कालीन अनुमति दिने अपेक्षा गरिएको छ ।

  • प्रकाशित मिति : मंसिर २३, २०७७, मंगलवार ११:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८