• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

विप्लव समूहद्वारा सुराकीको आरोपमा शिक्षकको गोलि हानी हत्या

  • खवरदाता

विप्लव समूहद्वारा सुराकीको आरोपमा शिक्षकको गोलि हानी हत्या

मंंसिर–२३, २०७७

आफ्नो समुहको सुराकी गरेको आरोपमा बिप्लब समुहले मोरङमा एक शिक्षकको गोली हानी हत्या गरेको छ ।

उक्त समुहका कार्यकर्ताहरुले सुराकीको आरोपमा मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको सूचना आएको प्रहरीले जनाएको छ ।

स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय श्रेष्ठलाई घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्याई टाउकोमा गोली हानेर विप्लव समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ‘शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ, थप अनुसन्धानका लागि उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठको हत्या भएको जानकारी मृतकका आफन्तले प्रहरीलाई गराएका थिए । मंगलबार बिहान ७ बजे घरबाट केही टाढा रहेको जंगलमा लगि श्रेष्ठको हत्या गरिएको थियो ।

  • प्रकाशित मिति : मंसिर २३, २०७७, मंगलवार ०६:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८