• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

स्थायी समितिमा पनि स्पष्ट अल्पमतमा ओली

  • खबरदाता

स्थायी समितिमा पनि स्पष्ट अल्पमतमा ओली

 

मंसिर २१, २०७७

काठमाडौं । सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ दल नेकपा अध्यक्ष केपी शर्मा ओली स्थायी समितिमा पनि अल्पमतमा छन् । ४७ सस्यीय स्थायी समितिमा अहिले उनीसँग १७ जनामात्रै रहेको निकटस्थहरु बताउँछन् ।

नेकपामा ओलीविरुद्ध गठबन्धन बनाएका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठनेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताको पक्षमा भने ३० सदस्य रहेको नेताहरु बताउँछन् ।

अझ शनिबार बसेको सचिवालय बैठकमा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाले पनि ओलीलाई दह्रो साथ नदिएकाले ओली विरोधी गठबन्धनमा स्थायी समिति सदस्यहरु थपिने र ओलीतर्फ घट्ने सम्भावना प्रवल देखिन्छ ।

सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले गत कात्तिक २८ गते १९ पन्ने राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यसको प्रत्यूत्तरका रुपमा अध्यक्ष ओलीले मंसिर १३ गतेको बैठकमा ३८ पन्ने राजनीतिक प्रतिवेदन पेस गरेका थिए । दुवै प्रतिवेदनमा एकले अर्कामाथि आरोपको वर्षा गरेका छन् । यही आरोपको वर्षाका कारण नेकपामा देखिएको विवाद चरमोत्कर्षमा पुगेको छ ।
जसका कारण पार्टी एक रहन्छ कि टुक्रिन्छ भन्ने यसै भन्न नसकिने नेकपा नेताहरु नै बताउँछन् ।

अहिले नेकपाको ९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा उनीसहित महासचिव विष्णु पौडेलमात्रै देखिएका छन् । भने प्रचण्डको पक्षमा नेताहरु खनाल र नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ छन् भने पोखरेल र थापा बीचमा देखिएका छन् ।

  • प्रकाशित मिति : मंसिर २१, २०७७, आइतवार ०६:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८