• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

`चितवनमा राजा माग्नेको भीड´


`चितवनमा राजा माग्नेको भीड´

‘आजको कार्यक्रममा बौल्दै अधिकाँश वक्ताहरुले आफूहरु पार्टी र सरकारप्रति विक्षिप्त भएर राजतन्त्रको वकालत गर्दै हिँडेको बताए । सभामा उपस्थित अधिकाँश राजनीतिक दलका ठूला देखि  सानासम्म कार्यकर्ताहरु रहेको  पाइएको छ।सो कुरालाई हामीले क्यामरामा कैद गरेका छाैं।

 

केपी शर्मा, मंसिर २०, २०७७
चितवन । देशव्यापी रुपमा राजावादीहरुको प्रदर्शन भइरहँदा आज चितवनको भरतपुरमा पनि उनीहरुले आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।
राजतन्त्र स्थापना र हिन्दु राष्ट्रको मुख्य माग गर्दै संघीयताको खारेजी सम्मको माग उनीहरुले गरेका थिए ।
भरतपुरको पारस बसपार्क अर्थात केन्द्रीय बस टर्मिनलबाट सुरु भएको हजारौँको र्याली हाकीम चोक, चौविसकोठी, पुल्चोक, पोखरा बसपार्क, आँपटारी हुँदै पुनः पारस बसपार्कमै आएर कोण सभामा परिणत भएको थियो । सभामा योगी भलभद्र कुँवर, सलाउद्दीन मिया, जीवलाल पुरी,नगेन्द्र देउजा, वसन्त विक्रम पाण्डे लगायतले आफ्नो मन्तव्य राखेका थिए । सवै वक्ताहरुको प्रायसः एउटै भनाई थियो ,“सयौँ राजा भन्दा एउटा राजा चाहियो । सयौँको भुँडी भर्दा करोडााैं चाहियो एउटाको मात्रै भर्दा लाखौँ ले नै पुग्यो । ”
उनीहरुले भने,“हामीले नै राजा फालेको हो । हामीले नै आन्दोलन गरेका हौँ । तर अहिले हामीनै राजा चाहियो भनेका छाैैं । यसको कारण हामीले बताउन पर्दैन । राजनीतिक दलका नेतालाई सोध्नुहोस् । यहाँ राजाकै मात्र मान्छे छैनन् । सम्पूर्ण पार्टीका र पार्टी प्रति वितृष्णा भएका आम जनसमुदायले मनमा भएको कुण्ठा व्यक्त गरिरहनुभएको छ । त्यसैले एक मात्रै विकल्प राजा चाहियो । यदी राजा फालेको चौध वर्षसम्ममा हामीले चाहे जति विकास अनुभूति गरेको भए हामी यो कल्पना गर्ने थिएनौँ की राजा चाहिन्छ भनेर ।”


औपचारिक रुपमा कसैको पनि अध्यक्षता नभई सुरु भएको आयोजना गरिएको उक्त कार्यक्रमका मुख्य आयोजक भने देखा परेनन् । नेपालमा राजतन्त्रको विधिवत अन्त्य भएको १२ वर्ष मौन रहेका राजावादी तथा हिन्दु राष्ट्र सर्मथकहरुले संघीयता खारेजीको मुद्धालाई उठान गरेका छन् ।
राजावादीहरुले अधिकांश स्थानमा प्रर्दशन गरिरहँदा पुर्व राजा ज्ञानेन्द्र भने मौन रहेका छन् । अघिल्लो वर्ष भने ज्ञानेन्द्रले आफ्नो सक्रिएता देखाउँदै देशका विभिन्न भागको भ्रमण गरेका थिए ।
यसबाट यो अनुमान गर्न सकिन्छ की वास्तविक मुख्य आयोजक विनानै तयारी गरिएको कार्यक्रममा यतिका संख्यामा नागरिकहरु उपस्थिती हुनुलाई चानचुने रुपमा लिन मिल्दैन । यसबाट के प्रष्ट हुन्छ भने अहिलेको सरकार तथा राजनैतिक दलहरु प्रति आम नागरिकको वितृष्णा वढ्दै गएको छ । अर्थात् उनीहरुलाई आम नागरिकले अविश्वासको पात्र बनाउदै छन् ।

यतिका समयसम्म भाषणमा र कुरामा मात्रै राजतन्त्र ल्याउन सीमित रहेका उनीहरु झण्डै दुई तिहाइको सरकारले आधाआधी समय विताइसक्दा सडकमा आउनुले सरकारप्रति जनता असन्तुष्ट रहेको प्रष्ट हुन्छ ।

चितवनका राजनीतिक दल के भन्छन् ?

यता आजको प्रदर्शनप्रति नेपाली काँग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठले भने,“लोकतान्त्रीक गणतन्त्रमा कसैले कसैको विरोध गर्न पाउने स्वतन्त्रता हुन्छ । हामीले यसलाई स्वीकारेका छौँ । तर अहिलेको परिस्थितीमा राजा चाहियो भनेर राज परिवारलाईनै अगाडी सार्नु जायज भने होइन ।” उनले थपे,“आज सडकमा राजा माग्नेको समूह देखा पर्नुमा अहिलेको सरकारको प्रमुख कमजोरी छ । जनतालाई सुशासन र सुरक्षाको प्रत्याभूति गराउन नसक्नु उसको प्रमुख कमजोरी हो।जसले गर्दा जनता फालिएको राजा माग्दै सडमा आइरहेका छन् ।”

सडकमा उत्रनेहरुलाई उनले भने,“गाडी राम्रो चलेन भने चालक फेर्ने हो गाडीनै परिवर्तन गर्दा महङ्गो मूल्य चुकाउनुपर्छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले विरोध र समर्थन गर्न सवैलाई छुट रहेको बताए । उनले भने,“व्यवस्था परिवर्तन पछि छिटो विकास हुन्छ भन्ने आम नागरिकको अपेक्षा विपरीत अहिलेको परिस्थिती सृजना भएको हो।तर विकास पनि जादुको छडी जस्तो हुँदो रहेनछ । जनताले महसुस गर्ने गरी विकास राज्यले गर्नुपथ्र्यो तर त्यो हुन सकेन । ”

ठूला पार्टीकै कार्यकर्ताहरु सहभागी थिए नि भन्ने प्रश्नमा उले भने,“एक पटक मत हाल्दैमा पार्टीकै कार्यकर्ता हुन्छन् भन्ने छैन र अर्को कुरा समय अनुसार उनीहरु परिवर्तन पनि भएका हुन सक्छन् ।”
हामीलेनै राजतन्त्र अन्त्य गरी समावेशी लोकतन्त्रको स्थापना गर्यौँ । तर आर्थिक संरचना सांस्कृति संरचना परिवर्तन भने गर्न सकेनोँ । अहिलेको व्यवस्था बुलेटको माध्यमबाट नभई व्यालेटको माध्यमबाट ल्याइएको हो । बेलाबखत यो व्यवस्था मन नपर्ने मान्छेहरु सडकमा आउनु, नारावाजी गर्नु, ठूलो कुरा होइन, उनको भनाई थियो ।

तस्बिरहरु : केपी शर्मा

नेकपाकै अर्का नेता बद्री तिमिल्सेनाले आजको प्रदर्शन सतप्रतिशत सरकारले जन्माएको ठोकुवा गरे । “सरकारको अकर्मण्यता, अपारदर्शीता, शान्ति सुरक्षामा विफल लगायत कति भनौँ र सवै कुरामा विफलै विफल । जसका कारण सडकमा राजा चाहियो भन्दै जनता उत्रे ।”
म पनि लगभग आधा जिन्दगी राजा बोकेर हिँडेको मान्छे हो उनले थपे, तर राजतन्त्र नचाहिने अवस्था मैले बुझेें । कमल थापाले पनि राजतन्त्र बेचीखाने भाँडो बनाए । टिसर्टमा र व्यानरमा राजतन्त्रलाई सीमित पारे । सडकमा २ हजार २५ सय आएर केही हुने वाला छैन ।”

राप्रपा चितवनले भने आजको प्रदर्शनलाई समर्थन जनाएको अध्यक्ष रुद्र ढकालले बताए । उनले भने,“समर्थन र विरोध गर्ने सवैको अधिकार हुन्छ तर एक दुई जनाले मात्रै कराउँदैमा राजा आउने भन्ने होइन । ”
तर “आजको परिस्थिती हेर्दा राजा चाहिन्छ भन्ने भीड बढ्दै गएको महसुस हामीले पनि गरेका छौँ । यो कार्यक्रममा हाम्रो नैतिक समर्थन रहेको थियो । सवैले गरे राजा आउने हो । यति मात्रै प्रदर्शनले आउने होइन तर अहिलेको शासन व्यवस्थाको असन्तुष्टी भने पक्कै हो । ” उनले थपे ।

  • प्रकाशित मिति : मंसिर २०, २०७७, शनिवार १२:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८