केपी शर्मा – मंसिर २०,२०७७
भरतपुर । चितवनमा आज संवैधानिक राजतन्त्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै नेपाली झण्डा सहितको बृहत र्याली हुने भएको छ ।
राष्ट्रवादी नागरिक समाज चितवन लगायत अन्य राजा समर्थक संघसंगठनहरुले देशव्यापी एकताको सन्देश प्रवाह गर्ने उदेश्यले र्याली तथा सभा आयोजना गरिएको उनिहरुले जनाएका छन।
बिहान ११ बजेबाट सुरु हुने र्याली भरतपुरको केन्द्रीय बस र्टमिनलबाट हाकिमचोक ,चौबीसकोठी, वीरेन्द्र क्याम्पसचोक ,लायन्सचोक , शहिदचोक , पुलचोक ,पोखराबसपार्क ,आँपटारी हुदैँ पुनः केन्द्रीय बसटर्मिनलमा गएर समापन हुने आयोजकहरुले जनाएका छन। र्यालीमा चितवनका देशभक्त स्वतन्त्र सबै जनसमुदायले सहभागिता जनाउनसक्ने आयोजकले जनाएका छन।
नेपालमा राजतन्त्रको विधिवत अन्त्य भएको १२ वर्षपछि मौन रहेका राजावादी तथा हिन्दु राष्ट्र सर्मथकहरुले संघियता खारेजीको मुद्धालाई उठान गरेका छन् । देशका विभिन्न प्रमुख स्थानहरुमा प्रर्दशन गरिरहेका उनिहरुले मंसिर २० गते चितवनमा प्रर्दशन गर्दैछन् ।
राजावादीहरुले अधिकांश स्थानमा प्रर्दशन गरिरहँदा पुर्व राजा ज्ञानेन्द्र भने मौन रहेका छन् । अघिल्लो वर्ष भने ज्ञानेन्द्रले आफ्नो सक्रिएता देखाउँदै देशका विभिन्न भागको भ्रमण गरेका थिए ।
प्रर्दशनमा क–कसको सहभागिता ?
नेपालमा पछिल्लो समय दुई छिमेकी मुलुक भारत र चिनबाट उच्च स्तरमा भएका भ्रमण, सत्तारुढ नेकपाको आन्तरीक दन्द्ध तथा बर्तमान सरकारले सु सुशासन कायम राख्न नसकेको प्रति आम नागरिकको असन्तुष्टि बढ्दै गएको छ ।
राजावादी सानादल र हिन्दु राष्ट्रको माग गरिरहेका विभिन्न संघ संगठनहरुले स्वत स्र्फुत रुपमा प्रर्दशन चर्काई रहेका छन् । राष्ट्रिय शक्ति नेपाल, राप्रपा नेपाल, शिवसेना नेपाल, विश्व हिन्दु महासंघ लगायतका सानातिना झुण्ड संघ संस्थाहरुले यस्ता सभामा सहभागिता जनाईरहेका छन् । अलावा देशका ठुलै पार्टीका कार्यकर्ता र शुभ चिन्तकहरुलेपनि यो आन्दोलनलाई नैतिक सर्मथन दिई रहेका छन् ।
प्रशासन लचिलो
राजतन्त्रको पक्षमा देशभर प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले भिडभाड र जुलुस गर्न नदिन भन्दै बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दियो । लगत्तै जिप्रकाहरुले पनि सूचना निकाले ।
तर राजाबादीको प्रदर्सनमा सरकारले लगाउन खोजेको रोकावट प्रती सबैतिरबाट बिरोध आएपछी सरकार लचिलो भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले १६ मंसिरमा जारी गरेको विज्ञप्तिमा ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको सूचना प्राप्त हुन आएको र ‘।यस्ता भिडभाडजन्य गतिविधिहरु नगर्न नगराउन साथै महामारी रोकथामा सहयोग पुर्याउन सबैमा अनुरोध गरिन्छ ’भनेको थियो।
त्यसको दुई दिनपछि १८ गतेनै जिप्रका, काठमाडौंले अर्को विज्ञप्तिमा निकाल्दै भन्यो ञ कोरोना संक्रमणको अवस्थालाई धेरै मासिसहरु भेला ,जम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका सभा सम्मेललन तथा भिडभाड हुने क्रियाकलापहरु हुनगर्न नदिनझभनेर अनुरोध गर्यो।
अहिले राजावादीहरुको प्रदर्शनलाई लिएर गृहले आफ्नो रणनीतिमा केही फेरबदल गरेको छ । यसअघि शनिबार हुने भनिएको राजवादीहरुको प्रदर्शनलाई तितरवितर पार्न तयारी थियो, तर अब गृहले शान्तिपूर्ण प्रदर्शनमा अवरोध गर्ने छैन ,स्रोतले भन्यो।
यता आज चितवनमा हुने प्रदर्सनमा कुनै पनि अवरोध नगर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले भने,राज्यले अहिलेको नितिनियममा कसैको शान्तीपुर्ण प्रदर्सनलाई रोक्ने भन्ने छैन ।सरकारको नितिनियम र मापदण्ड भित्र रहेर गर्नु पर्यो। कसैलाई जबर्जस्त गर्न पाइएन।
उनका अनुसार सबै सुरक्षा निकायलाई सजग रहन र निगरानि गर्न हामीले भनिसकेका छौ। सोहि अनुसार भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८