• साउन ३१, २०७९, मंगलवार Tuesday, 16 August, 2022
centreal college

चितवनको टिकौलीमा दुर्घटना, एक घाइते

  • खबरदाता

चितवनको टिकौलीमा दुर्घटना, एक घाइते

मंसिर १९,२०७७
भरतपुर । चितवनको नारायणगड ( टाँडि सडक खण्डको टिकौलीमा भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् ।

शुक्रवार दिउँसो नारायणगढबाट टाँडी तर्फ आउदै गरेको ना। ६ ख ४५ नम्वरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ३७ प ९२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका १ वस्ने वर्ष ३७ का कृष्ण प्रसाद घिमिरे घाईते भएका हुन । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको र अवस्था मध्यम रहेको चिकित्सकलहरुले बताएको चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

प्रहरीका अनुसार दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको र ट्रक चालकलाई भने जिल्ला प्रहरी कार्यालय को नियन्त्रणमा राखिएको छ।

  • प्रकाशित मिति : मंसिर १९, २०७७, शुक्रवार १३:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८