• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

स्कोलाश्टिक फाउन्डेसन नेपालद्वारा विश्व रेकर्ड कायम

  • खबरदाता

स्कोलाश्टिक फाउन्डेसन नेपालद्वारा विश्व रेकर्ड कायम

मंसिर १९,२०७७

चितवन । विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा र मौलिक सँस्कार सहितको सिर्जनात्मक क्षमता अभिवृद्धी गराउदै आएको स्कोलाश्टिक फाउन्डेसन नेपालले वल्र्ड रेकर्ड कायम गरेको छ ।

फाउण्डेशनले माध्यमिक तहका १ हजार ५०० भन्दा बढी विद्यार्थीहरुको सहभागितामा एक वृहत एस्पायर स्कोलाश्टिक मिट नामक कार्यक्रमको आयोजना गरी विश्व कृतिमान रच्न सफल भएको संस्थाका अध्यक्ष सस्मित पोखरेलले जानकारी दिए ।

आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरि वोर्ल्ड बुक अफ रेकर्डस युकेमा विश्व किर्तीमान कायम हुन सफल भएको प्रमाण पत्र वारे जानकारी दिँदै उनले आगामी दिनमा गरिने ७ वटा कार्यक्रम समेत सार्वजनिक गरे । यस अघि न्यू क्यापिटल कलेज रत्ननगर चितवनमा बहस र वादबिवाद, वक्तृत्व कला, निवन्ध लेखन, चित्रकला लगायत विभिन्न १३ क्षेत्रको कार्यक्रम आयोजना भई सम्पन्न भएको र त्यो सवैभन्दा बढि प्रतिस्पर्धी कार्यक्रम रहेकालेनै आफूहरुले सफलता पाएको संस्थापक अध्यक्ष प्रज्जवल भट्टराइले जानकारी गराए ।

आगामी दिनमा पनि स्थानीय सरकार, केन्द्रीय शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय, निजी क्षेत्रसँग सहकार्य गर्दै आगामी दिनमा पनि विद्यार्थीहरुको क्षमता विकासका कार्यक्रम गरिने फाउण्डेशनको भनाई छ । अधिकाम्स कानुनका विद्यार्थी भएकाले पनि देशमा भएको ऐन कानुन नियमलाई लिएर बहस गर्न सक्ने व्यक्ति उत्पादन गर्दै लैजाने उद्देश्य सहित देशभर कार्यक्रम गर्दै जाने उनीहरुको भनाई थियो ।

कार्यक्रममा नेपाल वार एशोसियसन चितवनका अध्यक्ष रामकृष्ण अधिकारी, संस्थाका उपाध्यक्ष प्रज्जवल भण्डारी, सचिव प्रभाव थपलिया, टेक्निकल कोअर्डिनेटर विवेक योन्जन लगायतको सहभागीता रहेको थियो ।

  • प्रकाशित मिति : मंसिर १९, २०७७, शुक्रवार १३:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८