• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

पार्टी फुटाउने अध्यादेशबारे छलफलमा ओली


पार्टी फुटाउने अध्यादेशबारे छलफलमा ओली

मंसिर १७,२०७७
काठमाडौं । सत्तारूढ नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले द ल विभाजनसम्बन्धी अध्यादेशको तयारी गरेका छन् । पार्टीको हिजो बसेको सचिवालय बैठकमा आफू अल्पमतमा परेपछि ओलीले पद बचाउन गत बैशादमा ल्याएर फिर्ता गरेको अध्यादेश पुनः जारी गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी गरेका हुन् । अध्यादेशको तयारी गर्न ओलीले सोमबार नै मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिएका थिए ।

अहिले मन्त्रीपरिषद् बैठक बोलाउने विषयमा आफू निकटका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, पार्टी महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापालगायत नेतासँग अनौपचारिक छलफलमा रहेको बालुवाटार स्रोतले बतायो ।

नेकपाको सचिवालय बैठक दिउसो एक बजे बोलाइएको छ । त्यो बैठकमा आफू नआउने बताएका ओलीले त्यही समयमा मन्त्रिपरिषद् बैठक राख्ने तयारी गरिरहेको स्रोतहरु बताउँछन् । हिजोको सचिवालय बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल गर्ने वा नगर्ने भन्ने मतान्तर भएको थियो ।

ओलीले तयारी गरेको विधेयकमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्य एक ठाँउमा ४० प्रतिशत पुगेमा पार्टी फुटाएर नयाँ पार्टी गठन गर्ने व्यवस्था गर्न लागिएको नेताहरु बताउँछन् । अहिले केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुर्याएर मात्रै दल विभाजन गरेर नयाँ दल बनाउन सक्ने उल्लेख छ ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले त्यो अध्यादेश जारी गर्छिन कि गर्दिनन् भन्ने विषय अहिले चासो बनिरहेको छ । भण्डारीले नेताहरुलाई पार्टीमा मिलेर अगाडी बढ्न आग्रह गरिरहेकी छन् ।

  • प्रकाशित मिति : मंसिर १७, २०७७, बुधवार ०६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८