मंसिर १६,२०७७
चितवन । युनाइटेड हात्ती संचालन सहकारीम आबद्द गुलावकली हात्ती निकै मख्ख छे । विदेशी पर्यटक शुन्य प्राय र आन्तरिक केही पर्यटक आवागमन भएपनि खालीनै रहेका हात्ती सोमवार व्यस्त भए ।
२०५२ सालमा बन मन्त्री हुँदा सौराहा आएपछिको लामो समयपश्चात घुम्न आउनु भएका वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव सहित उहाँको परिवारलाई बन्यजन्तु देखाउँदै हिँड्न पाउँदा उ मख्ख देखिन्थी । हात्ती जति मख्ख थिई हात्ती सफारीमा रहेका मन्त्री यादव त्यो भन्दा बढी मख्ख ।
लगभग २५ बर्षपछी बल्ल सौराहा आएँ यादवले भने,“पर्यापर्यटनको राजा सौराहा घुम्दा छुट्टै आनन्द भयो । परिवार पनि खुशी भए । ” परिवार सहित सौराहा आएको बताउँदै मन्त्री यादवले कोरोनामा पनि सौराहा सुरक्षित रहेको भन्दै ढुक्क भएर घुम्न सकिने भएको उनले महसुस गरे । मन्त्री यादवले हात्ती, जीप र ढुँगा सफारी गरेका थियो ।
अहिले रोजगारको अवसर गुमेको भन्दै पर्यटन क्षेत्रलाई कसरी विकास गरेर त्यहाँबाट रोजगारी सृजना गर्न सकिन्छ भन्ने अध्ययन गर्न पनि आफू सचिवालय सहित सौराहा आएको उनले बताए ।
पर्यटक नआउँदा हात्तीको संख्या घट्दै छन् । भएका हात्ती पाल्न कठिन छ । तरपनि पारिवारीक भ्रमणमा रहेका मन्त्रीकै आवागमनले व्यसायिहरुको माग सम्वोधन हुने विश्वास त छनै घुम्नका लागि सौराहा सुरक्षित रहेछ भन्ने सन्देश जानेमा व्यवसायि ढुक्क छन् । युनाइटेड हात्ती संचालन सहकारीका अध्यक्ष ऋषि तिवारी भने ।
अर्का पर्यटन व्यबसायि ध्रुव खनालले सरकारले हप्तामा २ दिन विदाको अवधारणा ल्याएर आन्तरिक पर्यटक बढाउन माग गरे । त्यसो गर्न सकिए थला परेको पर्यटन क्षेत्र चाँडै तङ्ग्रीने उहाँको भनाई छ । विगत ३० वर्षदेखि अमेरिकामा बसोवास गर्दै आएका रतन झा एनआरएनएका पूर्व महासविच समेत हुन । झाले सौरामा अपनाइएको स्वास्थ्य सुरक्षा मापदण्डले कोरोना फ्रि जोन जस्तै महसुस भएको बताउँदै घुम्नलाई प्रेरित गरेको र एक पटक सौराहा आउन सवैलाई सुझाव दिए ।
सौराहाका सवै होटल व्यवसायहरु खुलिसकेका छन् । आन्तरिक पर्यटकको आवागमन पनि छ तर सोचे अनुसार छैन। व्यवसायिहरुले केही नयाँ कार्यक्रम तथा नीतिगत समस्या समाधानको सरकारसँग माग गरेका छन् । देशको कुल ग्राहस्थ उत्पादनमा राम्रै हिस्साको योगदान दिने पर्यटन क्षेत्रलाइ कुदाउन व्यवसायिहरुको माग सरकारले सम्वोधन गरिनुपर्छ । विदेशी पर्यटकमा निर्भर नेपालको पर्यटन क्षेत्र अव आन्तरिक पर्यटकले नै धान्छ है भन्ने सन्देश दिन सरकार चुक्न हुँदैन साथै रोजगार विहिन नेपालीलाई पनि यसमा जोड्न सके बेरोगजार हुनु पर्दैनथ्यो की !
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८