• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

फेरि गैँडा मृत भेटियो, यो बर्षमै १७ गैंडा गुमे

  • खबरदाता

फेरि गैँडा मृत भेटियो, यो बर्षमै १७ गैंडा गुमे

मंसिर १५ ,२०७७
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा आज दिउँसो एउटा भाले गैँडा मृत भेटिएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसर निकुञ्जको कोर ईलाका रिऊ र राप्ती नदीको दोभान स्थिति दक्षिणी कीनारामा उक्त गैँडा मृत फेला परेको हो । गैडा बुढो भएका कारण कालगतिले मृत्यु भएको अनुमान गरिएको छ ।

निकुञ्ज कार्यालयको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमितरुपमा देखिने गरेको सो गैँडा नियमित रेखदेखमानै रहेको निकुञ्जले जनाएको छ। कालगतिकै कारण मरेका गैडाँहरुको समेत निकुञ्ज कार्यालयबाट पशु् प्राविधिक खटाएर पोष्ट मार्टम गरिने अधिकारीले जानकारी दिए ।

उक्त गैँडाको खाग तथा खुर सुरक्षित रहेकोले पनि कालगतिलेनै मरेको अनुमान गर्न सकिन्छ । यो संगै चितवन राष्ट्रिय निकुञ्जले यस आ।व। २०७७र७८ मा प्राकृतिक कारण १३ र चोरी शिकारका कारण ४ वटा गरी जम्मा १७ वटा गैडा गुमाउन पुगेको छ ।

निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल थालेको छ । छलफलका लागि समितिका सभापति पूर्णकुमारी सुवेदी नेतृत्वको सात सदस्यीय टोली निकुञ्जको कार्यालय कसरा आइपुगेको हो । टोलीले गैँडाको संरक्षणमा काम गर्ने सङ्घ संस्था तथा संरक्षणकर्मीसँग अन्तकृया समेत गर्नेछ ।

सन् २०१५ मा भएको गैँडा गणना अनुसार निकुञ्जमा ६०५ गैँडा थिए । निकुञ्जले केही वर्ष शून्य चोरी शिकार वर्ष मनाए पनि अहिले भने गैँडा मर्ने क्रम जारी छ ।

  • प्रकाशित मिति : मंसिर १५, २०७७, सोमवार १६:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८