मंसिर १५ ,२०७७
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा पोथी छावाको जन्म भएको छ।
निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा ३१ बर्षिय गणेश कलीले सोमबार पोथी छावा जन्माएको छ । निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले नवजात वच्चा स्वस्थ र तन्दुरुस्त रहनुका साथै सुत्केरी हात्तीको स्वास्थ्य अवस्था समेत राम्रो रहेको जानकारी दिए ।
सुत्केरी हात्ती गणेशकलीलाई निकुञ्जकै रुपकली हात्तीले जन्म दिएको थियो । साधरणतया हात्तीले गर्भधारण गरेको १८ देखी २२ महिनामा बच्चा जन्माउछ । यो छावासंगै निकुञ्जमा कार्यरत घरपालुवा हात्तीको संख्या ५९ पुगेको छ ।
जसमध्ये ५३ वटा चितवन राष्ट्रिय निकुञ्जमा र ६ वटा कोसीटप्पु वन्यजन्तु आरक्षण केन्द्रमा छन् । सुत्केरी हात्तीको स्याहारका लागि माहुत चतूरलाल चौधरीसमेत ३ जना कर्मचारी खटाईएको र नवजात छावाको हिन्दु परम्परानुसार पछि नामकरण गरिने समेत अधिकारीले जानकारी दिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८