मंसिर १५,२०७७
भरतपुर । आज ९ हजार ९११ नमुनाको परिक्षण गर्दा १ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन् ।
आज १ हजार ४७४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १७ हजार ४२३ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ११ हजार ८१४ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ६०९ जना रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज चितवनमा १९ र काठमाण्डौं उपत्यकामा ८०९ जना संक्रमित थपिए। हाल देशभरमा ३७५ आईसियुमा छन् भने ५८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा १९३१ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २ लाख १४ हजार ५२१ पुगेको छ। यो ९२ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा देशभरमा २९ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १५०८ पुगेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८