• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

प्रधानमन्त्री ओली पनि टिकटक खेल्न थाले

  • खबरदाता

प्रधानमन्त्री ओली पनि टिकटक खेल्न थाले

मंसिर १५,२०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट खोलेका छन् । आइतबार खोलिएको उनको टिकटक एकाउन्ट संचालनमा समेत आइसकेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सूचना तथा सन्देश प्रवाहका लागि प्रभावकारी माध्यम भएकाले टिकटक अकाउन्ट खोलिएको बताए ।

प्रधानमन्त्रीको ,केपी शर्मा ओली अफिसियल नामको उक्त टिकटक अकाउन्टमा अहिले एउटा भिडियो समेत अपलोड गरिएको छ।

उक्त एकाउन्टमा अपलोड गरिएको भिडियोमा भनिएको छ , मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ। सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ ।

कतिपयले पछिल्लो समय भारत लगायत नेपालमा पनि टिकटकमाथि प्रतिबन्ध लगाईने हल्ला चलिरहेका बेला प्रधानमन्त्रीलेनै अकाउन्ट खोलेर भिडियो सेयर गर्नु जायज नभएको प्रतिक्रिया दिएका छन।

  • प्रकाशित मिति : मंसिर १५, २०७७, सोमवार १०:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८