• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

सन् २०२१ मा आन्तरिक पर्यटक थेग्न सकिन्न : मन्त्री भट्टराई

  • खबरदाता

सन् २०२१ मा आन्तरिक पर्यटक थेग्न सकिन्न : मन्त्री भट्टराई

मंसिर १४ ,२०७७
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सन् २०२१ मा आन्तरिक पर्यटक बढाउने कार्यक्रम ल्याउने बताएका छन ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दैै उनले सो कुरा बताएका हुन।
कोरोनाका कारण पर्यटन व्यवसायमा परेको असरवारे सरकार जानकार रहेको भन्दै विस्तारै पर्यटक बढाउन अन्तर्राष्ट्रिय उडान खुलाउन लागिरहेको समेत उनले बताए।

अहिले ४० प्रतिशत आन्तरिक उडान सुरु भईसकेको र चाडैनै पुर्ण रुपमा उडा शुरु गरिने बताउँदै पर्यटन क्षेत्रको विकासका लागि सरकारले प्याकेज घोषणा गर्ने समेत उनले जानकारी दिए । प्याकेजका लागि राष्ट्र बैंकले मापदण्ड बनाउने काम गरिरहेको बताउँदै सोही मापदण्ड अनुसार पर्यटन व्यवसायीले पुनर्कर्जा लिन सक्ने मन्त्री भट्टराइले भनाइ थियो ।

अर्को प्रसङ्गमा नेकपा कुनै पनि हालतमा बिभाजन नहुने र अब प्रतिपक्ष दल काङ्ग्रेस र नेकपा सहितका सबै दलहरु समेत मिलेर जानु पर्ने समयमा पार्टी बिभाजन हुन नहुने प्रतिक्रिया दिए।

  • प्रकाशित मिति : मंसिर १४, २०७७, आइतवार १४:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८