• असोज २, २०८१, बुधवार Wednesday, 18 September, 2024

मास्क विनाकी महानगर प्रमुख, बालवालिकाको भीडमा


मास्क विनाकी महानगर प्रमुख, बालवालिकाको भीडमा

केपी शर्मा, मंसिर १४, २०७७
चितवन । कुनै बेला अति उच्च जोखिममा रहेको चितवन जिल्लामा अहिले पनि कोरोना भाइरस संक्रमणको महामारी कायमै छ । सरकार लगायत विभिन्न संघ संस्थाहरुले कोरोना महामारी नियन्त्रणका लागि जिल्लामा हर प्रयास गरिरहेका छन् । भीडभाड नगर्न, दुरी कायम गर्न, सावुन पानीले पटक पटक हात धुन, पञ्जा प्रयोग गर्न र मास्क विना कतै पनि नहिँड्न प्रशासनले प्रत्येक दिन सुझाइरहेको छ ।
तर स्थानीय सरकार अर्थात् महानगर प्रमुख रेनु दाहालेनै उक्त कुरालाई लत्याइदिएकी छिन् । प्रसँङ्ग महानगर भित्र भएको एउटा औपचारिक कार्यक्रमको हो । जहाँ प्रमुख अतिथिको रुपमा महानगर प्रमुखलाई निमन्त्रणा गरिएको थियो ।
एसओएस बालग्राम नेपालले आयोजना गरेको उक्त कार्यक्रममा साना साना नानीबाबुहरुलाई शैक्षिक सामाग्री लगायत अन्य जिन्सी तथा नगद वितरण गरिएको थियो ।
महानगरभित्रका सवैक्षेत्र खुलेको अवस्थामा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विद्यालयहरु अहिलेसम्म पूर्णरुपमा संचालन गर्न सकिएको छैन । यसको कारण कोरोना भाइरसको संक्रमण कायमै छ भन्ने प्रष्ट हुन्छ ।
एसओएसको उक्त कार्यक्रमकी प्रमुख अतिथि रेनु दाहालले विना मास्क विना पन्जा ससना बालवालिकाको भीडमा रहेर कापी, कलम पुस्तक तथा अन्य सामाग्रीहरु वितरण गरिन् । उनले कार्यक्रम संचालन भइन्जेल अर्थात उनी मञ्चमा रहीन्जेल मास्कको प्रयोग गरिन जहाँ सामाजिक दुरी पनि कायमै थियो । तर जव उनी बच्चाबच्चीको भीडमा आइन् तव उनले नत मास्क प्रयोग गरिन् न त हातमा पञ्जा नै ।


महानगर प्रमुख जस्तो व्यक्ति एकै दिन धेरै वटा औपाचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी हुने भएकाले आफै कोरोना संक्रमणको जोखिममा परेको हुन सक्छिन् तर यस्ता कुरालाई हेक्का नगरी आइतवार उनले उक्त कार्यक्रममा सरकारी मापदण्डको अवज्ञा गर्दै सहयोग समेत वितरण गरेकी हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले प्रत्येक दिन ६० वर्ष भन्दा माथिका ज्यष्ठ नागरिक र कम उमेरका बालवालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरिरहेकै बेला महानगर प्रमुखले गरेको यो खालको प्रयोगले कोरोना संक्रमणलाई निरुत्साहित होइन उत्साहित गरेको पाइन्छ । अव आउने कार्यक्रमहरुमा यस्ता कुरालाई महानगरप्रमुखले हेक्का राख्ने हो की ?

 

तस्बिर :  भरतपुर महानगरपालिका bharatpurmetronews@gmail.com

  • प्रकाशित मिति : मंसिर १४, २०७७, आइतवार ११:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८